ज्योतिषीको दाबी : ‘वर्तमान संविधान २०७६ सम्म’

ज्योतिषीको दाबी : ‘वर्तमान संविधान २०७६ सम्म’


Jyotish 2

तीस वर्षमा शनिले १२ राशि पार गर्छ, यो शनिवर्ष हो । राहुकेतुले भने १८ वर्षमा पूरा गर्छन् । वृहस्पतिको १ वर्ष मङ्गलको १८ महिना हो भने बुध–शुक्रसहित सूर्यको आकाशीय भचक्रस्थिति वर्ष दिन हुन्छ । ग्रहको मध्यम स्थिति केही घटी–बढी हुन सक्छ । चन्द्रमाको एक महिना नपुग्दो समयावधि छ, किनभने पृथ्वीको परिक्रमा ३० दिन लाग्दा शीघ्रगामी चन्द्रलाई ३ दिन अरू ढिला हुन्छ । अन्यथा चन्द्र्र २७ दिन, शुक्र २८ दिन, बुधको २२ दिन एकराशि भ्रमण समय हो । दूरस्थशनिको दूरागामी प्रभाव रहन्छ । महिनादिन, वर्ष दिन, डेढ वर्ष, बाह्र वर्ष, अठार वर्ष एवम् तीस वर्षसमेत विचारणीय हुन्छन् । यसरी भचक्रका साथै राशिचक्रको पनि जोखना हेर्ने हो भने ६० संवत्सर पनि समावेश हुन्छ, २०७०–२०९० संवत्सर प्रतिकूल छ र जनधनको हानिकारक छ । यसमा थपिन आउने थोरै पनि अशुभयोग धेरै नोक्सान गर्ने हुन्छ । अतः सावधान अनिवार्य हुन्छ । २०५१–२०७० को समय मध्यम थियो, यस समयमा त नेपालमा सामान्य स्थिति रहेन भने यसपछिको अधम समयमा कति हानि हुन्छ भन्न सकिन्न ।

परिस्थिति नबिगिँ्रदै यदि सावधान नहुने हो भने अवश्य पनि ‘न्याउरीमारी पछुतो’ हुनेछ । कुसमयमा गरिएको सानो दुष्कर्मले पनि ठूलो विनाश गर्छ । नेपालमा शनि शक्तिशाली भएर आउँछ, यदि छलकपट गरियो भने त्यसले डुबाउँछ, रुवाउँछ । वर्तमान समयको शासन संविधानसमेत विक्रम संवत् २०७६ साल साउनभित्र समाप्त हुनेछ र कठोर यातनाको दिन आउनेछ । आगामी जेठ ६ गतेबाट शनिको दृष्टि वृहस्पतिमाथि पर्नेछ र विद्याहानि धनहानि गराएर राजनीति बिगार्नेहरू फन्दामा पर्नेछन् । जेठ १४ देखि असोजभित्र नेपालमा ठूलो हलचल मच्चिनेछ । यो वर्ष मङ्गल शनि शुक्र वृहस्पति पनि प्रतिकूल देखिएका छन् । पार्टीनिर्णेता सङ्कटमा पर्नेछन् । भौम अस्त एवम् निचोन्मुख गुरु शुक्र पनि वर्षको मध्यभागमा तेजहीन छन्, शुभ कार्यमा अवरोध छ, दुर्मति भएका धर्महीनमतिका पाखा लाग्नेछन्, अब संहारको स्थिति आयो । २०७५–०७६ सालको समय शासकका लागि अनिष्ट छ । राजाको हातमा राज्यशक्ति आउने परिवेश बढेको छ ।

– ज्यो. शिवदत्त ढकाल