मरेपछि पनि पिँजडाको बास

मरेपछि पनि पिँजडाको बास


bali laas Ramailo

संसारमा अलग–अलग मानव समुदायका आ–आफ्ना अलग–अलग चालचलन रहेको छ, जो अस्वाभाविक या अनौठो कुरा होइन । तर, इन्डोनेसियाको बालीस्थित एक गाउँमा अलिक अनौठै प्रथा चलिआएको छ, जहाँ मरेको मान्छेलाई जलाउने या अर्को कुनै उपाय अपनाई नष्ट गर्ने नभई शवलाई पिँजरामा राखेर त्यत्तिकै सडाइन्छ । इन्डोनेसियाको आइल्यान्ड बालीको एक घना जङ्गलबीच रहेको ज्वालामुखी फुटेको स्थाननजिक त्रुन्यान नामक स्थानमा रहने एक जनजाति समुदायमा मरेको मान्छेलाई पिँजडामा थुनेर सड्नका लागि छोडिने प्रचलन रहेको छ । जब पिँजडामा अलपत्र छोडिएको लास गलेर कङ्काल मात्र बाँकी रहन्छ तब त्यस कङ्काललाई कुनै रूखमुनि ठूलो ढुङ्गामा सुताएर त्यसमाथि सानो घर बनाई छोडिन्छ । तर, विवाहित मृतकको अन्तिम संस्कार मात्र उपरोक्त विधिबाट गरिने र कुमार–कुमारीको शवलाई भने सुरुमै जमिनमा खाल्डो खनेर गाड्ने गरिन्छ । रूखमुनि घर बनाएर राखिएका कङ्काल भएको स्थानमा पुरुष मात्र जान सक्ने, यदि महिलाले उक्त स्थानमा पाइला हालेमा पूरै गाउँ ज्वालामुखी या भूकम्प आई नष्ट हुने अन्धविश्वास पनि सो समुदायमा गहिरोसँग गढेको छ ।