एड्सग्रस्त पादरीद्वारा बालिकाको सिकार

एड्सग्रस्त पादरीद्वारा बालिकाको सिकार


Padari

कुनै पादरी एड्सपीडित हुनु आफैँमा उदेकलाग्दो कुरा हुन आउँछ, त्यसमाथि एड्सग्रस्त पादरीबाट पाँचदेखि दस वर्ष उमेर समूहका तीन दर्जन बालिकाको यौन शोषण हुनु थप विष्मयको विषय हो । यति मात्र होइन, यस्तो जघन्य अपराधमा संलग्न मेक्सिकोका पादरी जोस गार्सिया अल्ताफोलाई रोमको भेटिकनसिटी चर्चले कुनै कारबाही नगरी उन्मुक्ति दिएको छ । जब कि पादरी अल्ताफोले बालिकामाथि रेप गरेको अभियोग स्वीकार गरेका थिए । पीडित बालिकामध्ये एककी आमाले दोषी पादरीमाथि कारबाही हुनैपर्ने लिखित मागपत्र बोकेर भेटिकनसिटीका पोपसँग भेट्न खोज्दा पोपले ‘मामिला सुल्झिसकेको’ भन्दै भेट गर्न नमानेको सन्दर्भ यतिबेला चर्चामा छ । चर्चले स्थानीय प्रशासनसँग दह्रिलो गठबन्धन बनाएको कारण बालिका बलात्कारजस्तो जघन्य घटनामा समेत दोषी पादरीले उन्मुक्ति पाएको प्रसङ्गलाई बेलायतका ‘द सन’, ‘द डेली मेल’जस्ता अखबारले धज्जी उडाएर समाचार प्रकाशन गरेका छन् ।