
अस्ट्रेलियाकी एक चौबीस वर्षीया युवतीले बितिसकेका आफ्ना प्रेमीबाट सन्तान जन्माउने रहर गरेर सबैलाई आश्चर्यमा पारेकी छिन् । आयला क्रेस्वेल नामक ती युवतीको रहर सुन्दा जो–कोहीको मनमा प्रश्न उब्जन्छ कि यस्तो कसरी सम्भव होला ? तर, आफ्नो इच्छा पूरा गरेरै छाड्ने अठोट पालेकी आयलाले यसका लागि अदालतको ढोका घचघच्याएकी छिन् । अदालतसमक्ष आयलाले बताएकी छिन् कि प्रेमीसँग मिलेर तीन सन्तानको योजना बुन्दै विवाहबन्धनमा बाँधिनै लाग्दा ब्वाइफ्रेन्ड डेबिसको मृत्यु भएको थियो । गत वर्ष अगस्टमा प्रेमीको अचानक मृत्यु भएलगत्तै आयलाले उसको वीर्य निकाल्न लगाई ‘स्पर्म स्टोर’मा जम्मा गरेकी थिइन् । त्यही वीर्यमार्फत आईबीएम प्रविधि प्रयोग गरी उनी गर्भवती बन्न र बच्चा जन्माउन चाहन्छिन् । मृतक डेबिसको परिवारले पनि सहमति दिइसकेकाले अदालतले स्वीकृति दिनुपर्ने उनको माग छ । अदालतबाट सकारात्मक फैसला आउनेबित्तिकै आवश्यक मेडिकल प्रोसेसमा लाग्ने आयलाको तयारी छ ।
प्रतिक्रिया