वृद्धाश्रम निर्माण च्यारीटीमा ४२ लाख संकलन

वृद्धाश्रम निर्माण च्यारीटीमा ४२ लाख संकलन


London

लण्डन । बुद्ध फाउण्डेशन यूके र कपिलवस्तु समाज यूकेको संयुक्त आयोजना एवम् एनआरएनए यूकेको पूर्ण सहयोगमा गत आइतबार (४ जुन २०१७) प्लमस्टिडस्थित एसियन कम्युनिटी हलमा विशेष च्यारिटी डिनर सम्पन्न भएको छ ।

कपिलवस्तुमा वृद्धाश्रम बनाउने उद्देश्यले कोष जुटाउन आयोजित च्यारीटी कार्यक्रमममा ४२ लाखभन्दा बढी रकम संकलन भएको फाउन्डेसन कोषाध्यक्ष राजन खकुरेलले जानकारी दिए ।

फाउन्डेसन अध्यक्ष दीपक श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमिख अतिथी बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुबेदी थिए ।
फाउन्डेसन उपाध्यक्ष हरिश ज्ञवालीले बृद्धाश्रमबारे एक प्रिजेण्टेसन दिएका थिए । एनआरएनयूके अध्यक्ष मुछेत्र गुरुङ, उपाध्यक्ष शान्ति थापा, युरोप संयोजक कुल आचार्य, पूर्वअध्यक्ष तथा समाजसेवी सुर्य गुरुङ, शिवजी श्रेष्ठ, विनोद ज्ञवाली लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममका संयोजक तथा एनआरएन यूके उपाध्यक्ष हिराधन राइले स्वागत मन्तव्य दिए भने बुद्ध फाउन्डेसन उपाध्यक्ष सचिन श्रेस्ठले कार्यक्रम संचालन गरेका थिए ।

यसैबीच गायिका शर्मिला बर्देवा र गायक गङ्गा थापाले ‘जहाँ छन् बुद्धका आँखा’ बोलको गीत प्रस्तुत गरेका थिए । इन्डियन डान्स रियालिटी शो ‘डान्स इन्डिया डान्स’की विजेता नेपाली चेली तेरिया फौजा मगर, नाम्लो ब्याण्डका साथमा अन्य केहि स्थानीय कलाकारका सांस्कृतिक कार्यक्रमम देखाइएको थियो । कलाकार मनिष श्रेष्ठको संयोजनमा सुशील प्रजापति, विकेशराज बस्नेत, मञ्जु भट्ट लगायतले एक शिक्षामुलक नाटक पनि देखाएका थिए ।