नेजस बेलायतबाट प्रधानमन्त्री देउवालाई बधाई

नेजस बेलायतबाट प्रधानमन्त्री देउवालाई बधाई


नेपाली जनसम्पर्क समिति बेलायत

बेलायत । नेपाली जनसम्पर्क समिति बेलायतले नेपाली काङ्ग्रेसका सभापति एवम् काङ्ग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा नेपालको चालिसौँ प्रधानमन्त्री हुनुभएकोमा बधाई ज्ञापन गर्दै कार्यकाल सफलताको शुभकामना गरेको छ ।

नेपली जनसम्पर्क समिति बेलायतका सभापति लोक गुरुङ र महामन्त्री आरके त्रिपाठीद्वारा हस्ताक्षरित प्रेस वक्तव्यमा सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा नेपालको संविधानको पूर्ण कार्यान्वयन हुने विश्वास व्यक्त गर्दै भविष्यमा नेपाल दीगो शान्ति, आर्थिक क्रान्ति, मानव अधिकार संरक्षण, विधिको शासन एवम् पारदर्शितातर्फ उन्मुख हुने विश्वास विज्ञप्तिमा उल्लेख गरिएको छ ।

shrebahadur deuwa

प्रधानमन्त्री देउवाको प्रजातन्त्रप्रतिको आस्था, निष्ठा एवम् आन्दोलनको जीवनी तथा सङ्घर्षबाट नेपाली समाजले अरु धेरै सिक्ने एवम् समयमै दोस्रो चरणको निर्वाचन, प्रदेश एवम् संघीय राज्यको निर्वाचन समयमै गरिने प्रधानमन्त्रीको प्रतिबद्धताले नेपाल एक चीर स्थायी शासन व्यवस्थामा प्रवेश गरी आर्थिक क्रान्तितर्फ उन्मुख हुने विश्वास नेजस बेलायतले लिएको छ ।

यस्तै, समस्त नेपालीबीच माध नभई सबै राजनीतिक दलसँग सहमति र सहकार्य गरी विद्यमान समस्याहरूको समाधान गर्ने प्रधानमन्त्री देउवाको उद्घोषले नेपाल बहुजातीय, बहुधार्मिक, बहुआयामिक पहिचानतर्फ उन्मुख भई संघीय गणतान्त्रिक विकेन्द्रिकृत शासन व्यवस्थाप्रति उन्मुख भई अघि बढ्ने विश्वास पनि लिइएको छ ।

विज्ञप्तिमा नेपालको प्रजातान्त्रिक आन्दोलनमा सहभागी भई सहादत प्राप्त गर्ने ज्ञात–अज्ञात शहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले शहिदको सपना साकार पार्न प्रगतिशील विकास–कार्यहरूको गती निर्माण गरी भविष्यमा नेपाल एक समृद्ध राज्यमा परिणत भई नेपाली मुहार हँसिलो हुने विश्वास समेत व्यक्त गरिएको छ । साथै, काङ्ग्रेसका सभापति देउवालाई प्रधानमनत्री बनाउन संसद्मा समर्थन एवम् मतदान गर्ने सम्पूर्ण राजनीतिक दललाई धन्यवादसहित आभार प्रकट गरिएकोसमेत नेजस बेलायतको विज्ञप्तिमा उल्लेख गरिएको छ ।