ड्युटीमा रोबोट–पुलिस

ड्युटीमा रोबोट–पुलिस


Robot dubai

आश्चर्यजनक रूपले दिनप्रतिदिन विकासको छलाङ मार्दै आएको दुबईको प्रशासनले सन् २०३० सम्ममा आफ्नो प्रहरी फोर्समा २५ प्रतिशत सङ्ख्या रोबोटबाट पूर्ति गर्ने योजना बनाएको छ । यस योजनाको सुरुवात भने अहिले नै भइसकेको छ । दुबई सहरका विभिन्न पर्यटकीय स्थल, मल आदिमा यतिबेला रोबोट–पुलिसले ड्युटी दिइरहेको देख्न सकिन्छ । यी रोबोट पुलिस केवल देखावटीका निम्ति नभई यीमार्फत आपराधिक घटनाको सूचना दिन सकिन्छ भने जरिवाना सुलीका लागि पनि यसको प्रयोग हुने गरेको छ । रोबोट प्रहरीको छातीमा रहेको टचस्क्रिनमार्फत आवश्यक सूचनासमेत हासिल गर्न सकिन्छ । दुबईको बढ्दो आवादी तथा पर्यटकको भीडलाई मध्यनजर गर्दै महत्वपूर्ण स्थानमा मानव प्रहरी खटाइने र सामान्य स्थानमा रोबोटमार्फत काम लिइने रणनीति लिइएको त्यहाँको प्रशासनले जनाएको छ । रोबोट प्रयोग गर्नुको तात्पर्य प्रहरीको सङ्ख्या घटाउनु नभई सुरक्षाको दृष्टिले बढी संवेदनशील स्थानमा प्रहरी अधिकारीहरू खटाउनका लागि यस्तो योजना अघिसारिएको पनि बताइएको छ ।