क्यानडामा फुटबल खेल्न पठाइदिन्छु भनी विभिन्न व्यक्तिलाई ठगी गरेको अभियोगमा काठमाडौं, टोखा नगरपालिका–१३ बस्ने काठमाडौं दरबारमार्गस्थित स्पोर्टस फर अल क्लब नेपालका सञ्चालक दैलेख, नौमुले नगरपालिका (साविक चौराठा गाविस–१) घर भएका ६० वर्षीय लोकबहादुर शाहीलाई महानगरीय अपराध महाशाखाको प्रहरीले पक्राउ गरेको छ । एन्फाका पूर्वमहासचिव एवम् नेपाल आइस हक्की सङ्घको अध्यक्ष समेत रहेका शाहीले सन् २०१७ मे १५ देखि २५ सम्ममा क्यानडामा सञ्चालन हुने फुटवल खेलको लागि खेलाडीको रूपमा लगी कामसमेत लगाइदिन्छु भन्दै विश्वास दिलाएर १९ लाख २० हजार रुपैयाँ ठगी गरेको उजुरी विभिन्न पीडितजनले दिएको आधारमा महाशाखाको प्रहरीले खोजतलास गर्ने क्रममा काठमाडौं, टोखा नगरपालिका–३ मा फेला पारी पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।
ठगी मुद्धामा अनुसन्धान तथा आवश्यक कारबाहीको लागि महाशाखाले गत साता विहिबार महानगरीय प्रहरी परिसर काठमाडौं पठाएको छ । अनुसन्धानका क्रममा अन्य पीडितहरू समेत शाहीविरुद्ध उजुरी लिएर हनुमानढोका पुग्ने क्रम बढेको बुझिएको छ । खेलकुदको आडमा वर्षौंअघिदेखि शाहीले मानवतस्करी गरेको आशङ्का प्रहरीले गरेको छ भने अनुसन्धानका क्रममा पीडितबाट पटक–पटक गरी करोडौँ असुलेको देखिएको प्रहरीसुत्रको भनाई छ ।
प्रतिक्रिया