मुग्लिन नारायणगढ सडकखण्डमा निरन्तरको पहिरोले आतंक मच्चाइरहेको र जनधनको क्षति पुगिरहेको परिवेशमा छिमेकी भारतमा समेत पहिरोमा परी तीनजना नेपालीले ज्यान गुमाएका छन् । भारत उत्तराखण्डको पिथौरागढ जिल्लास्थित धारचुला तहसिलको गर्बाधारमा विहिबार पहिरो जाँदा जिपमा सवार तीन नेपालीको ज्यान गएको हो । सोही घटनामा परी अन्य दुई जना नेपाली घाइते भएका बुझिएको छ । भारतीय बाटो हुँदै दार्चुला सदरमुकाम खलङ्गा फर्किदै गरेका नेपाली पहिरामा परेका हुन् ।
प्राप्त समाचारअनुसार मृत्यु हुनेमा दुँहु गाउँपालिकाको पिपलचौरीका हिरादेवी बम, उनका अढाई वर्षीय छोरा ओमकार र १२ वर्षीया छोरी प्रियंका रहेका छन् । उक्त घटनामा परी तीन भारतीय नागरिकको समेत मृत्यु भएको बुझिएको छ । घाइते नेपालीको भारतको धारचुलास्थित अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया