तराईकेन्द्रित नेताको ध्यान यता कहिले पुग्ला ?

तराईकेन्द्रित नेताको ध्यान यता कहिले पुग्ला ?


मधेसको विकास र मधेसीको अधिकारका विषयमा निकै वहस चल्दै आएका छन् । मधेस मुद्दाकै कारण मुलुकको राजनीति नै तरंगित र प्रकारान्तरले अवरुद्ध नै बन्न पुगेको छ । तर, राज्य एवम् स्वयम् तराईकेन्द्रित नेताहरु भने मधेसको नाममा आफ्नै स्वार्थ सिद्ध गर्न उद्धत् रहँदै आएका छन् । मधेसका जल्दाबल्दा समस्याहरुप्रति तराईकेन्द्रित नेताहरु नै उदास रहेका छन् भन्ने तथ्यको ज्वलन्त दृष्टान्त हो- सर्लाहीको नयाँरोडबाट बरहथावा हुँदै दक्षिण सीमानाको गडहैया डुमरिया पुग्ने सडकको दूरावस्था ।

तराईकेन्द्रित नेताहरुले मधेसको निकास र विकासका भाषण धेरै गरे तर वर्षौंदेखि यो सडकको हालत भने उस्ताको उस्तै छ । नेताहरु धेरै आए, व्यवस्था नै बदलिए, मधेस र मधेसीका समस्या भने उहीँको उहीँ रहे । निरास भएर मधेसी जनता सार्वजनिक सञ्जालमा यसरी पोखिन थालेका छन्-

‘हिरो नै मधेसमा जिरो भएपछि… !!
सर्लाहीको नयाँरोडबाट बरहथावा हुँदै दक्षिण सीमानाको गडहैया डुमरिया जाने सडक को हालत उस्तै छ जुन, ब्यबस्था आए पनि उस्तै । जनताबाट चुनिएर गएका प्रतिनिधिको काम के ?’

सम्भवतः राजपाका शीर्ष तहका नेताहरु महन्थ ठाकुर र राजेन्द्र महतोप्रति विशेष लक्षित हुँदै सामाजिक सञ्जालमा यसरी स्ट्याटस लेख्ने पात्रले उपरोक्त स्ट्याटस लेखेका हुन् । किनकि, माथिको तस्बिर सर्लाहीमै पर्दछ ।

मधेसी नागरिकले दैनन्दिन भोग्दै आएका यस्ता यावत समस्या निराकरण गर्नेतर्फ तराईकेन्द्रित नेताको ध्यान कहिले पुग्ने हो कुन्नी ?