शरणकालागि जाँदा महिला बलात्कृत, पुरुषको हत्या

शरणकालागि जाँदा महिला बलात्कृत, पुरुषको हत्या


लण्डन / फिरन्ते हिंस्रक समूह हरु द्वारा सोमालियाका महामारी ग्रस्त क्षेत्रबाट पलायन भएर गएका शरणार्थी हरू लाई आक्रमण गरिरहेका समाचार प्रकाशमा आएको छ । प्रहरीका अनुसार ती आक्रमणकारीहरूलाई रोक्न प्रहरी असमर्थ रहेको कुरा प्रकाश पारेका छन् । शरणार्थी शिविर ददाबमा पुग्नुअघि अपराधीहरूले शरणार्थीहरूका पानी, खानेकुरा र पैसाहरू लुटपाट गर्दै महिलाहरूलाई पिट्दै बलात्कार गर्ने तथा पुरुषहरुलाई हत्या गर्ने क्रम बढिरहेको जानकारी समाचारहरूमा सम्प्रेषण गरेका छन् । एक जना ३० वर्षीय महिलाकी ५ जना बच्चाहरुमध्ये २ जना शरण लिनका लागि आउँदा बाटोमा नै मरेका थिए । उनी सोमालियाबाट हिँडेर केनियाको सिमानातर्फ शरणार्थी शिविरमा आउँदै गरेकी थिइन् अनि तिनले आफू सुरक्षित छु भन्ने महसुस गरेकी थिईन्, तर, त्यस ठाउँमा आई पुग्यो भन्ने आशा गरिरहेकी बेलामा ती अपराधीहरूबाट बलात्कृत हुन पुगेकी थिईन् ।

एक जना गर्भवती महिला, ३ जनाकी आमालाई पारिवारिक समूहसँग शरणार्थी शिविरतर्फ आइरहेकी बेलामा बाटोमा धरापमा पारी ५ जना मानिसहरूले सामूहिक रुपमा बलात्कार गरेका थिए । केनियाले यस हप्ता राष्ट्रसंघ र संयुक्त राष्ट्र अमेरिकालाई मद्दतका लागि पुकार गरेको छ । अचानक नब्बे हजारसम्म थेग्नसक्ने शरणार्थी शिविर मा पाँच लाखभन्दा बढी शरणार्थीहरू थुप्रिएकाले समस्या भएको जानकारी दिएको छ । ददाबका प्रहरी विभागले सोमालिया संगको खतरा जनक सिमानामा अपराधी हरुका कारण गस्ती गर्न असमर्थ रहेको बताएको छ । राष्ट्रपति म्वाइ किबाकीले अमेरिकाको उपराष्ट्रपतिका पत्नी, जिल बिडेनलाई सोमबार केनिया हाल शरणार्थीहरूका कारण ठूलो दबावमा रहेको कुरा जनाएका थिए ।

श्रोत: मेट्रो – सुमल, मेस ।