नेपालका प्रधान मन्त्रीले राजीनामा दिने

नेपालका प्रधान मन्त्रीले राजीनामा दिने


काठमाडौं, नेपालका प्रधान मन्त्री झलनाथ खनालले आजै राजीनामा दिने भएका छन् । उनी अहिले राष्ट्रपतिसँग समय मिलाउन लागिरहेका र समय मिल्दासाथ राष्ट्रपति भवन पुगेर राजीनामा दिने उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। यसघि उनले एमाले केन्द्रीय समिति बैठकमा आफूले आजै राजीनामा दिने र भोलि ३ बजे बस्ने संसदमा सम्बोधन गर्ने जानकारी गराएका थिए। उनले एक साताअघि नै माओवादीले शान्ति प्रक्रिया अघि बढाउनेबारे स्पष्ट खाका नल्याए हिजो साउन २८ गते राजीनामा दिने घोषणा गरेका थिए। र, पटकपटक आफूले गरेको घोषणा कार्यान्वयन गर्ने बताउँदै आएका थिए।