स्थानीय कलाकारहरुका विविध साँस्कृतिक कार्यक्रम

स्थानीय कलाकारहरुका विविध साँस्कृतिक कार्यक्रम


फार्नबोरोह, यूके । गत १३ तारिख, ओकफाम कम्युनिटि स्कुलको एक हलमा स्थानीय कलाप्रेमी कल्पना गुरुङद्वारा आयोजित विविध साँस्कृतिक कार्यक्रम विविध तथा उत्कृष्ठ कार्यक्रमको प्रदर्शनी गरेर सम्पन्न भएको छ । सुनिल वर्देवालगायत सबै स्थानीय कलाकारहरुलाई एकै स्थानमा भेला गरेर मञ्चन गराइएको सो कार्यक्रममा शुरुमै राष्ट्रिय गीत गाइएको थियो । कार्यक्रममा दर्शकहरु यथेष्ठ नभए तापनि साँस्कृतिक कार्यक्रमहरु भने निक्कै उत्कृष्ट रहेको सहभागीहरुका भनाइ रहेको छ ।
एनआरएन यूकेका अध्यक्ष सूर्य गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न, आयोजकको पहिलो प्रस्तुति रहेको सो कार्यक्रमलाई सूर्य गुरुङ र अर्चना लामाले संयुक्त रुपमा सञ्चालन गरेका थिए भने, पुन समाजको निमन्त्रणामा नेपालबाट झिकाइएका लोकगायक खर्क गर्वुजालगायत केही संघसंस्थाका प्रतिनिधिहरु अतिथिका रुपमा रहेका थिए । मन्तव्य दिने क्रममा प्रमुख अतिथि सूर्य गुरुंगले स्थानीय कलाकारहरुलाई एकै स्थानमा राखेर तिनको उत्कृष्ट कलाकारिताको प्रदर्शन गर्न सकिने प्लेटफर्म बन्न सफल भएकी आयोजक कल्पना गुरुंगलगायत सम्पूर्ण कलाकारहरुलाई धन्यवाद दिएका थिए । बेलुकाको पाँच बजेबाट शुरु हुने भनिएको कार्यक्रम दुई घण्टा ढिलो अर्थात् ७ बजे शुरु भई रातको एघार बजे समाप्त भएको थियो ।-तस्वीरसहित याम, मेस
वाँकी तस्वीरहरु हेर्न यहाँ क्लिक गर्नुहोस् ।