अल्डरसट, यूके । गत १३ तारिख अल्डरसटस्थित एक रेष्टुरेन्टमा पोखरेली मञ्च यूकेले एक जानकारी सभाको आयोजना गरेको थियो । मीतेरी समाज पोखराको अवधारणामा निर्माण गरिएको पोखरेली झ्याल, जो हरेक वरष सफलतापूर्वक हङकङमा आयोजना भइरहन्छ, को शैलीमा यहाँ पनि पहिलो पटक पोखरेली झ्याल शीर्षकको नाममा विभिन्न खेल तथा प्रतियोगिताहरुको आयोजना गरी पोखरेली झ्याललाई चौतर्फी बनाउने आयोजकको विचार रहेको र त्यही सन्दर्भमा आगामी सेप्टेम्बर ११ तारिखका दिन हङकङमा पोखरेली झ्यालको कार्यक्रमलाई सम्पन्न गरी हङकङेली कलाकारहरुसहित यहाँका कलाकारहरुको संयुक्त प्रस्तुतिमा साँस्कृतिक कार्यक्रम गरिने र विविध अन्य प्रतियोगिताहरुलाई पनि सञ्चालन गर्ने भनी सोही कार्यक्रमको बारेमा स्थानीय मिडियाहरुमा समाचार सम्प्रेषण गर्ने उद्देश्यले राखिएको भेलामा पत्रकारहरुले पोखरेली झ्याल भन्ने शीर्षक नै साँघुरो भएको भन्ने विचार व्यक्त गरिएको थियो । क्याप्टेन सीबी पुनको अध्यक्षतामा रहेको पोखरेली झ्याल अबउप्रान्त यहाँ पोखरेली मञ्च यूकेको नाममा रहने र त्यसैलाई व्याप्ती दिने सो भेलालाई तत्कालीन रुपमा अध्यक्षता गरिरहेका मञ्चका महासचिव मानप्रसाद गुरुङले बताएका थिए ।
सेप्टेम्बर ११ तारिख, रिडिङमा आयोजना हुने उक्त कार्यक्रममा प्रवेश शुल्क पाँच पाउण्ड राखिएको छ भने सो कार्यक्रममा फेवाताल डुङ्गा प्रतियोगिता, प्रतिभा प्रतियोगिता, निवन्ध प्रतियोगिता र चित्रकला प्रतियोगिता आदिका प्रतियोगिता गरिने र हङकङेली तथा पोखरेली कलाकारहरुबाट साँस्कृतिका कार्यक्रमहरु प्रस्तुत गरिने भएको छ ।
-याम, मेस,
प्रतिक्रिया