एनआरएन च्यारिटि डिनर सम्पन्न

एनआरएन च्यारिटि डिनर सम्पन्न


रिडिङ, यूके । हिजो साँझ रिडिङको एक ठूलो रेष्टुरेन्टमा एनआरएयूकेले एक च्यारिटि डिनरको आयोजना गरेको थियो । ३५ पाउण्डको दर राखिएको सो च्यारिटि डिनरमा स्थानीय कलाकारहरुबाट विभिन्न रुपमा साँस्कृतिक कार्यक्रमहरुको पनि प्रदर्शनी गरिएको थियो ।
बेलायतका लागि नेपालका राजदूत सुरेशचन्द्र चालिसे प्रमुख अतिथि रहेको सो कार्यक्रममा यूकेका नेपाली समाजका विभिन्न संघसंस्थाहरुका नामहरुका आआफ्ना टेबुलहरु छुट्याइएका थिए भने सहभागीहरु पनि प्रशस्तै रहेका थिए । दुई चरणमा विभाजित भएको सो कायक्रमको पहिलो चरण संघका नेशनल कोअर्डिनेटर भक्त गुरुङले सञ्चालन गरेका थिएभने दोस्रो चरण, सुमन खरेल, उषा भट्ट र सुस्मिता गुरुङबाट संयुक्त रुपमा कार्यक्रमको सञ्चालन भएको थियो ।
नेपाली राष्ट्रिय गीत बजाएर शुरु गरिएको सो च्यारिटि डिनरमा विभिन्न वक्ताहरुले आआफ्ना मन्तव्यहरु दिएका थिए, त्यसरी मन्तव्य व्यक्त गर्नेहरुमा उपाध्यक्ष कूल आचार्य, नेपाल ओलम्पिक कमिटिका प्रमुख ध्रुव बहादुर प्रधान, एनआरएन यूरोप कोअर्डिनेटर क्याप्टेन हितमान गुरुङ, राजदूत सुरेशचन्द्र चालिसे र कार्यक्रमका अध्यक्ष तथा एनआरएन यूकेका अध्यक्ष सूर्य गुरुङ थिए ।
एनआरएन यूकेका विगतका कार्यक्रमहरु र प्रयासहरुमा सहयोग प्रदान गर्नेहरुलाई संस्थाले सम्मान स्वरुप कदरपत्र प्रदान गरेको थियो । कार्यक्रममा अन्य विविभ साँस्कृतिका कार्यक्रमहरु त्यसपछि राखिएका थिए जुन मध्य रातसम्म चलेको थियो ।-तस्वीरसहित याम, मेस
वाँकी तस्वीरहरु हेर्न यहाँ क्लिक गर्नुहोस् ।