काठमाण्डौं । एकथरी विश्लेषकहरुको भनाइमा प्रचण्ड, बाबुरामलाई भन्दा देउवालाई प्रधानमन्त्री बनाउन चाहान्छा्। आफ्नो नाममा समर्थन नजुटेमा भट्टराई पनि नहुन् भन्ने उनको भित्री इच्छा छ । तर माओवादी नेताहरु यो मान्न तयार छैनन् । माओवादीका भट्टराईकै नेतृत्वमा सहमतीय सरकार बन्ने सम्भावना धेरै छ माओवादी नेता हरिबोल गजुरेलले भनेका छन् -‘अब अरु दलहरुसँगको छलफलमा व्यस्त छौं ।’ भट्टराईको सम्भावना धेरै भए पनि ग्यारेन्टी नभएको उनले बताए । सरकार गठनमा बाहृय शक्तिको समेत प्रभाव पर्ने हुँदा यसै भन्न नसकिने उनको भनाई छ । देशभित्र भट्टराईका समर्थकहरु धेरै भएपनि अन्तर्राष्ट्रिय क्षेत्रमा देउवाको छवि राम्रो मानिन्छ ।
माओवादी नेतृत्वकालमा अर्थ मन्त्रालयको जिम्मेवारी कुशलतापूर्व निर्बाह गरेका भट्टराईलाई प्रधानमन्त्रीका रुपमा देख्न चाहाने नेपालीको संख्या अत्यधिक छ । उनलाई प्रधानमन्त्री बनाए शान्ति प्रकृयाले पनि निष्कर्ष प्राप्त गर्ने र तीब्र आर्थिक बिकासका लागि पनि खाका कोर्न प्रारम्भ हुने बिश्वासमा रहेका नेपाली कांग्रेस र एमालेभित्रका केही नेताहरुसमेत भट्टराईका नाममा सहमति जुटाउन लागीपरेका छन् ।
‘सम्भावना त भट्टराईको हो तर प्रजातान्त्रिक विश्वसँग सम्बन्ध, छिमेकीको साथ र शान्ति प्रकृयालाई टुंगोमा लैजान कांग्रेसको नेतृत्व आवश्यक देखिन्छ’ राजनीतिक विश्लेषक पुरुषोत्तम दाहालले भने । भारत, अमेरिका लगायत देशले देउवालाई नै चाहने र सरकार गठनमा ती देशहरुको प्रत्यक्ष अप्रत्यक्ष भूमिका रहने हुँदा भट्टराईभन्दा देउवाकै स्थान बलियो हुने विश्लेषकहरु बताउँछन् । भारतले यो वा त्यो ब्यक्तिभन्दा पनि माओवादी नेतृत्वको सरकार देख्न नचाहेका कारण भट्टराईलाई प्रधानमन्त्री बन्न निकै कठिन हुने उनीहरुको बुझाई छ ।-देब, मेस
प्रतिक्रिया