यूनिभर्सिटिमा विद्यार्थीहरुको अत्यधिक चाप

यूनिभर्सिटिमा विद्यार्थीहरुको अत्यधिक चाप


लण्डन । विगतको तुलनामा यो वर्ष ए लेभलको परीक्षामा उतीर्ण हुनेहरुमा भएको वृद्धिको कारणका साथै यूनिभर्सिटिहरुमा खुल्ला गरिएको विविध विषयहरुमा राखिएका सिट क्षमताहरुमा गरिएको कटौतिको कारण दुबैको प्रत्यक्षतः प्रभाव योपालि पास भई आउने विद्यार्थीहरुलाई परेको छ । अत्यधिक विद्यार्थीहरु पास भएकोले र यूनिभर्सिटिमा सिट क्षमता कम भएकोले निश्चय नै स्तरीयताका लागि कडा रुपमा प्रतिष्पर्धा भएको छ । वर्षभरिमा ९००० पाउण्ड खर्च लाग्ने यूनीको पढाइका साथै ट्युसन फीमा भएको वृद्धिले पनि असर पार्न नसकेको विद्यार्थीहरुका उत्साह वाध्यात्मक देखिएको छ किनकि दिनप्रतिदिन बेरोजगारहरुको संख्या बढ्दै गएको र पाइने रोजगारीहरुमा निक्कै कडा प्रतिस्पर्धा हुने भएकोले पनि विद्यार्थीहरु आफ्नो उज्ज्वल भविष्यको ज्ञारेन्टी गर्नका लागि पनि उच्च शिक्षा कुनै पनि मूल्यमा हासिल गर्न लालायित रहेको बताइएको छ ।
हिजोसम्ममा १९१,८३३ जना विद्यार्थीहरु यूनी दाखिलाको लागि छानिएका छन्, जुन गत वर्षको तुलनामा ४०००ले बढी हो भनेर मेट्रोले आज आफ्नो मुख्य पृष्ठमा लेखेको छ । यूनीका विभिन्न विषयहरुमा लिइएको भर्नाहरुका संख्या ३३,१०५बाट यो वर्ष २९,४०९ बनाइएकोले पनि यूनीमा चाप बढेको बताइएको छ ।-नीर, मेस