सुनको मूल्यमा फेरि पनि वृद्धि

सुनको मूल्यमा फेरि पनि वृद्धि


काठमाडौं । आज, नेपाल बजारमा सुनको भाउ फेरि बढेको छ । गत शुक्रबार नेपाली बजारमा तोलाको ५२ हजार २ सय ५० रुपैयामा कारोबार भएको सुन आज आइतबार २ सय ५० रुपैयाँ बढेर ५२ हजार ४ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ । यो अहिलेसम्मको सबैभन्दा बढी हो । विश्वअर्थतन्त्रको अनिश्चितता, यूरोपको कर्जा संकट तथा भारती, चीन लगायतका मुलुकहरुले खपत बढाउँदा सुनको मूल्य अन्तराष्ट्रिय बजारमा आकाशिएको जानकारहरुको एक मतको राय रहेको छ ।

अन्तराष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ८ सय ५३ डलर रहेको छ । आइतबार चाँदीको मूल्य पनि बढेको छ । शुक्रबारको तुलनामा प्रतितोलामा ५५ रुपैया बढेर १ हजार २ सय ३० रुपैयाँ पुगेको संघले जनाएको छ । तर यसरी भइरहेको सुनको मूल्य वृद्धिले चीरस्थायी नलिने सम्वद्धहरु बताउँदछन् र छिट्टै नै केही परिमाणमा मूल्यको वृद्धिदर घट्ने सम्भावना पनि सोही सूत्रले व्यक्त्याएको छ ।-देब, मेस, काठमाण्डौं