नेपाल पत्रकार महासंघ, बेलायतको पहिलो अधिवेसन

नेपाल पत्रकार महासंघ, बेलायतको पहिलो अधिवेसन


लण्डन । नेपाल पत्रकार महासंघ, बेलायत शाखाको पहिलो अधिवेसन आगामी डिसेम्बर १० मा हुने भएको छ । शाखाका संयोजक नवीन पोखरेलको अध्यक्षतामा कार्य समापन समितिको आइतबार बसेको बैठकले सो निर्णय गरेको हो ।
त्यसैगरी बैठकले महासंघको बेलायत शाखाको सदस्यता लिन इच्छुक पत्रकारहरुले आगामी सेप्टेम्बर ३० तारिखभित्र सदस्यता लिइसक्नु पर्ने पनि निर्णय गरेको छ । सदस्यतासम्बन्धी सम्पूर्ण जिम्मेवारी विधान मस्यौदा समितिका संयोजक शशि पौडेललाई दिइएको छ । समितिले छिट्टै सदस्यता प्राप्तीसम्बन्धी सूचना सार्वजनिक गर्ने छ ।
बैठकमा विधान मस्यौदा समितिका संयोजक शशि पौडेलले प्रस्तुत गरेको मस्यौदामाथि छलफल गरी त्यसलाई कार्यसमिति समक्ष पेश गर्न निर्णय गरिएको छ । बैठकले शाखाको उपसंयोजकमा चिरन शर्मा र सदस्य सचिवमा नरेश खपाङगीमगरलाई जिम्मेवारी दिने निर्णय गरेको छ भने शाखाको कार्यसमितिलाई विस्तार गरी शशि पौडेल, बालमुकुन्द जोशी, विपिन निरौला र धर्मराज अधिकारीलाई सदस्यमा मनोनयन गरिएको छ ।
यसअघि आगामी सेप्टेम्बर ४ मा बस्ने भनिएको कार्यसमितिको बैठक हाललाई स्थगित गरी सो बैठकलाई आगामी अक्टोबर १५ मा बोलाउने निर्णय पनि बैठकले गरेको छ । समितिको बैठकका लागि सहयोग पुर्‍याएकोमा शाखाले समाजसेवा चिरञ्जीवी ढकाललाई धन्यवाद ज्ञापन गरेको छ । -नरेश खपाङ्गीमगर