स्याण्ड्रष्ट, यूके । गत अगष्ट २० तारिख, इलाम सोसाइटि वेलायतको वार्षिक भेटघाट कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा कवि तथा गीतकार मुकेश राईको कविता संग्रह अनुभूति रंगहरुको विमोचन नेपाली प्रतिभा प्रतिष्ठानका अध्यक्ष साहित्यकार तथा विशिष्ट अतिथि रक्ष राई र इलाम सोसाइटि वेलायतका अध्यक्ष रमेश गुरुङ्गले गरे । अन्य अतिथिहरुमा प्रतिष्ठानका महासचिव दया कृष्ण राई, इलाम सोसाइटी वेलायतका विशिष्ट सल्लाहकार कमल राई, दिलिप गुरुङ्ग, वी.एफ.वी.एसका प्रतिनिधि योगराज राई उपस्थित भएका थिए ।
विशिष्ठ अतिथि र अध्यक्षले पानसमा बत्ति वालेर कार्यक्रमको उदघाटन गरेका थिए । संस्थाका महासचिव खड्ग राईले उपस्थित अतिथिहरु, सम्पूर्ण इलामवासी दाजुभाइ दिदीवहिनीहरुलाई उपस्थित भएकोमा हार्दिक स्वागत गर्दै छोटो स्वागत मन्तब्य राखेका थिए ।
प्रतिष्ठानका सचिव कवि काङमाङ नरेशले कवि मुकेश राईको कविता वाचन गरेपछि मुकेश राईले आफ्नो कृति प्रकाशनमा सहयोग गर्ने सवैलाई धन्यवाद दिएभने कृति भित्रको एउटा कविता वाचन गरेका थिए । प्रतिष्ठानका महासचिव दया कृष्ण राईले कृतिमाथि समीक्षा राखेका थिए । कविता संग्रह अनुभूति रंगहरुभित्र प्रकृति प्रेम, देश प्रेम, नश्लीय वोध र अतीत मोहजस्ता विषय वस्तुले सिंगारिएको पाउन सकिन्छ, -उनले अगाडि भने ।
प्रमिला राईले कार्यक्रमको पहिलो भाग संचालन गरेकी थिइन भने दोस्रो भाग अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वेलायतका महासचिव लाराले गरेकी थिईन् । उक्त कार्यक्रममा कवि देवेन्द्र खेरेस, कवि केदार संकेत, गीतकार विश्व काजी राई, नयाँ सन्देश साप्तहिकका प्रघान सम्पादक चण्डि राज राईलगायत अन्य व्यक्ति व्यक्तित्वहरु उपस्थित थिए । कार्यक्रमको संयोजक धासरी राईले गरेकी थिईन् भने उपस्थित सवैलाई संस्थाका सल्लहाकार गोपाल गिरी धन्यावाद दिएका थिए । सभाका सभापति रमेश गुरुङ्गले औपचारिक कार्यक्रमको समापन गरेपछि कलाकारहरुले राम्रा-राम्रा नृत्यहरु र गीतहरु गाएर उपस्थित सबैलाई भरपुर मनोरञ्जन दिएका थिए । नृत्य गर्ने कलाकारहरुमा रेशा तामाङ्ग, समृति गुरुङ्ग, कृस्टिना गुरुङ्ग, अनिता लिम्बू, वन्दना राई, सलिना राई र साथीहरु थिएभने गायक तथा संगीतकार चोक गुरुङ्ग र उमाकान्त गुरुङ्गले मीठा-मीठा गीतहरु गाएका थिए ।
-काङमाङ नरेश, मेस
प्रतिक्रिया