एनआरएन आर्इसीसी सदस्यमा भिड्दै सामाजिक अभियन्ता शर्मा

एनआरएन आर्इसीसी सदस्यमा भिड्दै सामाजिक अभियन्ता शर्मा


लण्डन । लामो समयदेखि गैरआवासीय नेपाली स‌ंघ बेलायतलगायत केन्द्रसँग नजिकको सम्बन्ध राख्दै आएका पत्रकार चिरन शर्मा अहिले सो संस्थाको केन्द्रिय सदस्यको लागि चुनावमा उठेका छन् । यही वर्षको अक्टोबरमा काठमाडौंमा हुँदै गरेको गैरआवासीय नेपाली संघको अधिवेशनबाट आफू आर्इसीसी सदस्यमा चुनिनेमा विश्वस्त शर्मा नेपाल पत्रकार महास‌ंघ बेलायत शाखाका पूर्वअध्यक्ष हुन् । लामो समयदेखि बेलायतमा बसोबास गर्दै आएका शर्मा गैरआवासीय स‌ंघसँग कुनै न कुनै किसिमले नजिकबाट आवद्धता राख्दछन् ।

हाल सन् २०१५—१७ मा गैरआवासीय नेपाली संघ यूकेको सल्लाहाकार रहेका शर्मा गैरआवासीय नेपाली संघको केन्द्रीय नीति तथा अनुगमन समितिको सदस्यका रुपमा योगदान गर्दै आएका छन् । पत्रकार महासंघ यूके शाखा र एनआरएन यूकेद्धारा संचालित एनआरएन पत्रकारिता पुरस्कारको अक्षयकोष संचालन समितिको सदस्य भइसकेका छन् ।

विशेषतः एनआरएन अभियन्ता र सञ्चारकर्मीका रुपमा पहिचान बनाएका शर्मा एनआरएन यूकेको पहिलो मुखपत्र सात समुन्द्रपारीमा सम्पादन मण्डल, सन् २००७ देखि नेपालब्रिटेन डट कमको संस्थापक प्रधानसम्पादक, नेपाल पत्रकार महासंघ यूके शाखाको स्थापनाको लागि महत्वपूर्ण भूमिका खेल्दै साधारण सदस्यदेखि अध्यक्ष र हाल सल्लाहाकारको भुमिकामा रहेका शर्मा , सन् २००३ बेलायतको पहिलो नेपाली म्यागजिन लण्डन पोष्टको सम्पादक भई सफलतापूर्वक कार्य सम्पादन गरिसकेका छन् । यस्तै, लण्डनबाट सन् २००५ मा प्रकाशित चौतारी त्रैमासिकको पत्रिकाको सम्पादक, एनआरएन यूकेद्धारा प्रकाशित एनआरएनपत्र मुखपत्रको सम्पादकको जिम्मेवारी निर्वाह गरिसकेका शर्मा बेलायतको पुरानो संस्था यती नेपाली एसोसियसनको मुखपत्र यतीपत्रको अनलाइन संस्करणको सस्थापक पनि हुन् । सन् २०१२ देखि नागरिक दैनिकसँग आबद्ध शर्मा बेलायतबाट प्रसारण हुने रियाक्सन विथ चिरन शर्मा प्रिजेन्टर नेपाली टीभी यूकेको चर्चित कार्यक्रम सञ्चालक हुन् ।

प्रवासमा रहेर दर्जनौँ च्यारिटी कार्यक्रमहरुमा संलग्न शर्मा आफैले अध्ययन गरेको वाग्लुडस्थित स्कुल पृथ्वी उच्च माविमा शैक्षिक गुणस्तरको लागि मुख्य अभियन्ता हुन् । फेसबुकबाट आर्थिक संकलन थालिएकोमा अहिले करीब ७० लाख संकलन भइसकेको र अभियानले मूर्तरुप लिँदा करिव ५ करोडको लागतमा नयाँ विद्यालय भवन बनाउने अभियानमा सक्रिय रहेका छन् । नेपालमा भूकम्पपीडित पत्रकारका लागि १३ लाख संकलन गरी पत्रकार महासंघलाई हस्तान्तरण गर्ने मुख्य भुमिकामा संलग्न शर्मा गम्भीर बिरामी परेका नेपाली पत्रकारहरुको सहयोगार्थ विभिन्न अभियान संचालन गरी आर्थिक सहयोग गरेको छन् । हेल्प नेपाल नेटर्वक र पत्रकार महासंघ यूके शाखाको सहकार्यमा नेपालका विभिन्न समयमा बाढी पीडितका लागि २० लाख रुपैयाँ हस्तान्तरण गरेका छन् । क्यान्सर पीडित डा. चित्र वाग्लेको सहयोगार्थ आर्थिक अभियान संचालन गरी २ लाख हस्तान्तरण गरेका शर्मा एक सामाजिक अभियन्ता पनि हुन् ।

संघको संगठानिक व्यवस्थापन तथा विधि र विधानलाई सक्रिय रुपमा कार्यन्वयन गरी राष्ट्यि समिति र आर्इसीसी बीचको संरचनालाई अझ शसक्त र संस्थागत बनाउन पहल गर्ने बताउने शर्माले गैरआवासीय नेपाली संघ यूकेको ९ सेप्टेम्बर महिनामा हुने अधिवेशनमार्फत केन्द्रिय नेतृत्वमा जाने बाटो तय गरेका हुन् । उनले एनआरएनको सदस्यताको व्यापारीकरण भएको बताउँदै साधारण सदस्यता शूल्कमा महँगो हुदाँ सर्वसाधारणलाई मर्का परेको जनाएका छन् ।