सरकार विरुद्ध महिला संघले अन्दोलन गर्ने

सरकार विरुद्ध महिला संघले अन्दोलन गर्ने


नेपाली कांग्रेसको भाृत संगठन नेपाल महिला संघले मन्त्रीपरिषद्मा ३३ प्रतिशत महिला सहभागिता नगराए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर संघले सरकारमा महिलाहरुको सहभागिताको विषयलाई लिएर ३३ प्रतिशत सुरक्षित नभए कडा भन्दा आन्दोलन गर्ने चेतावनी दिएका हुन । महिला संघकी अध्यक्ष उमा रेग्मीले २५ फुलमन्त्रीमध्ये एकतिहाई मन्त्री महिलालाई सहभागी नगराईए सरकारको बिरुद्धमा आन्दोलन गर्ने चेतावनी दिएकी हुन ।

उनले भनिन्, ‘हामीले विगतदेखि नै विभिन्न सकारमा महिला सहभागिताका बारेमा विशेष जोडले आफ्ना कुराहरु उठाउदै आएका छौ, अहिलेपनि हाम्रै पार्टी सरकारमा छ, माओवादी केन्द्रको सहभागिता छ, दुई पार्टी यतिबेला महिलाको सहभागिताको बारेमा गम्भिर हुनुपर्छ ।’ विकास पूर्वाधार सम्बन्धि विभिन्न आयोगमा महिला सहभागिताको संख्या न्यूनतम रहेको भन्दै अध्यक्ष रेग्मीले योजना आयोगमा महिलाको सहभागितालाई अनिवार्यता हुनपर्ने बताइन् ।

संघकी कोषाध्यक्ष जानकारी सिंहले पनि मन्त्रिपरिषदमा ३३ प्रतिशत महिलाहरुको सुनिश्चितता हुनुपर्नेमा जोड दिइन् । आफूहरुको खबरदारी वास्ता नगरिए कडा आन्दालेन गर्ने चेतावनीलाई पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले माँग पूरा गर्ने वचन दिएको उनले जानकारी दिईन् ।