काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले प्रधानमन्त्रीको दौड छाडेका छन्। आफ्नो नेतृत्वमा सहमतीय सरकार गठन गर्न नसकेपछि देउवाले बहुमतीय प्रणालीमा प्रधानमन्त्रीको दौड छाडेको थाहा लागेको छ। जसको उपरान्तमा कांग्रेसको उम्मेदवार संसदीय दलका नेता रामचन्द्र पौडेल हुने लगभग निश्चित भएको छ ।
सहमतीय सरकार गठनका लागि राष्ट्रपति डा। रामवरण यादवले दोस्रो पटक समय बुधबार साँझ पाँच बजे सकिएको छ भने बहुमतीय सरकार गठनका लागि संसदलाई पत्राचार भइसकेको छ । सहमतीय सरकार लागि वरिष्ठ नेता देउवालाई प्रधानमन्त्रीको उम्मेदवार बनाएको कांग्रेसले बहुमतीय उम्मेदवार अझैसम्म तय गरिसकेको छैन । कांग्रेसले बहुमतीय प्रक्रियामा संसदीय दलका नेता रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने लगभग पक्का छ ।
कांग्रेस महामन्त्री प्रकाशमान सिंहले शुक्रबार बस्ने केन्द्रीय समितिको बैठकले औपचारिक रुपमा पौडेललाई प्रधानमन्त्रीको उम्मेदबार बनाउने जानकारी दिएका छन्।यससँगै प्रधानमन्त्रीको दौडमा माओवादीका डा। बाबुराम भट्टराई र नेपाली कांग्रेसका रामचन्द्र पौडेल देखिएका छन् । अहिलेसम्म नेपाली कांग्रेसले बहुमतीयका उम्मेदवार पौडेलका लागि दलहरुसँग मत नमागिसकेको भएपनि एमालेभित्रको एउटा खेमा पौडेललाई प्रधानमन्त्री बनाउन लागिपरेको छ ।-देब, काठमाण्डौं, मेस
प्रतिक्रिया