लण्डन । गद्दाफीलाई जीवित वा मूर्दा फेला पार्नेहरुका लागि दशलाख पाउण्डको पुरस्कारको घोषणा एनटीसीका प्रमुखले गरेका समाचार प्राप्त भएको छ । ट्रान्जिसलन नेशनल काउन्सिलका अध्यक्षबाट गरिएको सो घोषणाले निक्कै चर्चा पाएको छ यतिखेर । गद्दाफीका लडाकूहरुले अझै पनि प्रतिकारस्वरुप हमलाहर गरिरहेका छनरु तापनि केही अज्ञात व्यापारीहरुको चाहाना र रकमलाई साथ लिएर एनटीसीका प्रमुखबाट उक्त बीसलाख दिनारको पुरस्कार रकमको घोषणाबाट गद्दाफीको अन्त्य नजिकै आइरहेको सर्वत्रै चर्चा चल्न थालेको छ । उनका मतियारहरुले उनलाई विश्वासघात गर्न सक्ने पक्का अनुमान लगाएको यस कारणले पनि छ कि, गद्दाफी यतिखेर ट्रिपोलीकै कुनै भागमा जमीनमुनि बनाएको बंकरमा लुकेको हुनुपर्ने चर्चा आम छ । -केदार, मेस
प्रतिक्रिया