घुससहित स्वास्थ्य विभागका उपमहानिर्देशक पक्राउ

घुससहित स्वास्थ्य विभागका उपमहानिर्देशक पक्राउ


स्वास्थ्य सेवा बिभागका उपमहानिर्देशक डा रमेश विक्रमसिंह १० हजार रुपैया घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिंहलाई सेवा ग्राहीसँग घुस लिदा लिदैको अवस्थामा पक्राउ गरिएको हो ।

अख्तियारका एक अधिकारीका अनुसार सिंहलाई सेवाग्राहीसँग १० हजार रुपैया घुससहित पक्राउ गरिएको हो ।  स्वास्थ्य सेवा विभागका कर्मचारीहरु अधिकारी भने इमान्दार देखिने सिंह घुससहित पक्राउ परेकोमा आश्चर्य व्यक्त गरिरहेका छन् । सिंह यसअघि क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालय हेटौडामा थिए ।