कठिन प्रयासपछि आयो, सर्वोच्च अदालतको नयाँ नियमावली

कठिन प्रयासपछि आयो, सर्वोच्च अदालतको नयाँ नियमावली


सर्वोच्च अदालतको पूर्ण इजलासले आज सर्वोच्च अदालत नियमावली २०७४ पारित गरेको छ । विगत केही वर्ष यता सो नियमावली पारित गर्ने प्रयास हुँदै आएपनि सम्भव हुन सकेको थिएन ।

करिव एक साताको वृहत्तर छलफल पश्चात आज उक्त नियमावली पारित भएको हो । यसलाई प्रधान न्यायाधिश गोपाल पराजुलीको अर्को सफलताका रुपमा लिइएको छ । सो नियमावली राजपत्रमा प्रकाशित भएपछि लागु हुनेछ ।

नियमावलीमा व्यवस्था भएअनुसार अब शुक्रबार पनि चार बजेसम्म कार्यालय खुला रहनेछ । अहिलेसम्म शुक्रबार विहान दशबजेदेखि तीन बजेसम्म मात्र अदालत खुला रहने व्यवस्था छ । त्यस्तै न्यायालयको विशेष चिन्ह अङ्कित लोगो पनि अब रहने भएको छ ।

न्यायाधिशहरुले कस्तो झण्डा र लोगो प्रयोग गर्ने भन्ने विषयको टुङ्गो निश्चित प्रक्रियाद्वारा लगाइने भए पनि अब न्यायाधिशहरुले आफ्नै विशेष चिन्ह अङ्कित लोगो र झण्डा प्रयोग गर्ने चाहिँ निश्चित भएको छ ।

त्यस्तै नियमावलीमा न्यायाधिशहरुलाई अतिरिक्त समयमा काम लगाउन सकिने व्यवस्था पनि गरेको छ । मूख्य रजिष्ट्रारको काम, कर्तव्य र अधिकार पनि नियमावलीमा स्पष्ट गरिएको छ । तस्विर : गुगल