एमाले नेता नेम्वाङ अस्पतालमा

एमाले नेता नेम्वाङ अस्पतालमा


शरिरमा मधुमेहको मात्रा एक्कासि बढेपछि नेकपा (एमाले)का संसदीय दलका उपनेता सुवास नेम्वाङ अस्पताल भर्ना हुनुभएको छ । नेता नेम्वाङलाई पहिलेदेखि नै मधुमेहको शिकायत रहँदै आएको थियो भने आइतबारदेखि मधुमेहको मात्रा असन्तुलन भएको थियो ।

सोमबार बिहान साढे आठ बजेतिर एक्कासि बान्ता गरेपछि उहाँलाई प्रदर्शनीमार्गस्थित काठमाडौँ मोडल अस्पताल भर्ना गरिएको उहाँको पारिवारिक श्रोतले जनाएको छ । नेता नेम्वाङको अहिले स्वास्थ्यमा सुधार आएको भए पनि चिकित्सकको अवलोकनका लागि अस्पतालमा नै राखिएको छ ।