काठमाडौं । यही भाद्र ८ गतेका दिन, संयुक्त लोकतान्त्रिक मोर्चा नेपालले नया“ संविधान निर्माण प्रकृया सम्बन्धमा आजै संविधानसभाका अध्यक्ष र उनीमार्फत सबै सभासदहरुलाई ज्ञापनपत्र बुझाएकोबारे सर्वसाधारणलाई सुसूचित गर्न रत्नपाकस्थित शान्ति बाटिकामा कोणसभा सम्पन्न गरेको छ । मोचार्का सदस्य गोर्की श्रेष्ठले संचालन गरेका उक्त सभामा संयोजक महेश्वर श्रेष्ठ, सदस्य रामचन्द्र शाह, मोर्चाका सदस्य तथा संयुक्त जनमोर्चा नेपालका केन्द्रीय उपाध्यक्ष सरिता महर्जन, मोर्चाका सदस्य तथा नेकपा (माले) राष्ट्रवादी मोर्चाका अध्यक्ष मिननाथ देवकोटाले नेपालको समसामयिक राजनीतिक तथा सामाजिक परिस्थिति र संविधान निर्माणमा भइरहेको अवरोध तथा त्यसको सहज निकास बारे सम्बोधन गरेका थिए ।
“तपाईं सभासदहरु पार्टीका पदाधिकारी मात्र होइन, संविधानसभामा तपाईंहरुको हैसियत प्रथमतः जनताको प्रतिनिधि हो । तसर्थ तपाईंहरुले पार्टीगत स्वार्थबाट माथि उठेर संविधान निर्माणमा अवरोध बनिरहेका असहमतिका विषयहरु पछि जनमत संग्रहको माध्यमबाट समाधान गर्ने गरी हालसम्म सहमतिमा पुगेका विषयहरु मात्र भए पनि समेटेर २०६८ भाद्र १४ गतेभित्रै संक्षिप्त आकारकै भए पनि नयाँ संविधान जारी गर्न हुन र सोही दिन अल्पसूचनाको जनमत संग्रह गर्ने मितिसमेत घोषणा गर्न हुन जोडदार माग गर्दछौं । यसो नगरी फेरि पनि संविधानसभाको म्याद थप्ने मात्र काम भएमा जनता यही संविधानसभाले संविधान बनाउला भनेर पर्खेर बस्ने छैनन् र वैकल्पिक उपायद्वारा नयाँ संविधान निर्माणका लागि संघर्षमा उत्रनेतर्फ तपाईंहरुलाई यसै ज्ञापनपत्रमार्फत सचेत गराउन चाहन्छौं” सभामा वितरित मोर्चाको ज्ञापनपत्रमा भनिएको छ ।-मेहेश्वर, काठमाण्डौ, मेस
प्रतिक्रिया