सरकारी लक्ष्य अनुसार धान रोपाई भएन

सरकारी लक्ष्य अनुसार धान रोपाई भएन


सरकारले चालू आर्थिक वर्ष १५ लाख ५२ हजार ४ सय ६९ हेक्ट क्षेत्रफल जमिनमा धान रोप्ले लक्ष्य राखेकोमा हालसम्म मुलुकभर १० लाख ६० हजार १ सय ३२ आर्थात साढे ६८ प्रतिशत क्षेत्रफल जमिनमा धान रोपाई भएको छ । मुलुकभर अहिलेसम्ममा ६८ दशमलव २९ प्रतिशत धान रोपिएको कृषि विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालय, कृषि प्रसार निर्देशनालयले दिएको जानकारी अनुसार हालसम्म सबैभन्दाबढी मध्य पहाडमा ७९ दशमलव २३ प्रतिशत धान रोपिएको छ । त्यस्तै उच्च पहाडमा ७४ दशमलव १६ प्रतिशत र तराईमा ६३ दशमलव ९८ प्रतिशत धान रोपिएको छ । ती भेगहरुमा क्रमशः ३ लाख १६ हजार हेक्टर, ४३ हजार हेक्टर, ७ लाख हेक्टर क्षेत्रफ जमिनमा धान रोपिएको हो । लक्ष्य अनुसार हालसम्म मध्य पहाडमा बढी धान रोपिए पनि क्षेत्रफलको आधारमा भने, तराइ भेगमा बढी धान रोपिएको छ । यस वर्ष मध्य पहाडमा करिब ४ लाख हेक्टर जमिनमा भने तराईमा त्यसको दुुईगुणाबढी १० लाख हेक्टर जमिनमा धान रोप्ने सरकारको लक्ष्य छ ।

निर्देशनालयको तथ्याङ्क अनुसार पूर्वाञ्चल विकास क्षेत्रमा २ लाख १८ हजार हेक्टर जमिन अर्थात ४८।९३ प्रतिशत क्षेत्रफल जमिनमा धान रोपिएको छ । त्यसैगरी मध्यमाञ्चल विकास क्षेत्रमा २ लाख ७७ हजार आर्थात ६३ दशमलव २७ प्रतिशत, पश्मिाञ्चलमा २ लाख ६५ हजार आथार्त ८४ दशमलव ९२ प्रतिशत, मध्य पश्चिमाञ्चलमा १ लाख २४ हजार आर्थात ६९ दशमलव ९१ प्रतिशत र सुदुर पश्चिमाञ्चल विकास क्षेत्रफलमा १ लाख ७४ हजार हेक्टर क्षेत्रफल अर्थात ९८ दशमलव ५८ प्रतिशत जमिन धान रोपिएको निर्देशनालयले जानकारी दिएको छ ।

चालु आर्थिक वर्ष २०७४÷०७५ मा मुलुकभरी आवश्यक मात्रामा मलखाद्य, विउ, प्रविधि लगायत उपलब्ध पु¥याएको भन्दै कृषि विकास मन्त्रालयले गएको वर्षभन्दा साढे ३ प्रतिशत बढी ५४ लाख टन धान उत्पादन गर्ने लक्ष्य राखेको छ । गएको आर्थिक वर्ष २०७३/०७४ मा मुुलुकमा ऐतिहाँसिक रुपमा सबैभन्दाबढी ५२ लाख ३० हजार टन धान उत्पादन भएको थियो ।

मुलुकको अर्थतन्त्रमा धानको योगदान महत्वपुर्ण रहेको छ । नेपालको जीडीपीमा कृषि क्षेत्रको योगदान २९ प्रतिशत रहेकोमा धानको हिस्सा मात्रै २० प्रतिशत रहेको धान विज्ञहरुले बताएका छन् । उनीहरुका अनुसार धानको मात्रै योगदान ४/५ प्रतिशत छ । त्यसैले पनि धानको उत्पानदलाई नेपालको अर्थतन्त्रमा महत्वकासाथ हेर्ने गरिएको छ ।