वैदेशिक विभागमा रिइन्ट्रीको चाप

वैदेशिक विभागमा रिइन्ट्रीको चाप


गत आर्थिक वर्षमा बैदेशिक रोजगारीमा जाने नेपाली कामदारहरुको संख्यामा कमी आएको भएपछि पछिल्लो समयमा सो संख्यामा बृद्धि भएको छ । स्वदेशमा रोजगारी नपाएपछि बाध्य भएर विदेशिने युवायुवतीहरुको लाईन अहिले बैदेशिक रोजगार विभाग र म्यानपावर कम्पनीमा देख्न सकिन्छ । आर्थिक बर्ष २०७३/७४ मा नेपालबाट वैदेशिक रोजगारीमा कामादारको संख्या हालसम्मकै बढी ६ लाख ७३ हजार पुगेको वैदेशिक रोजगार विभागको तथ्याङकमा उल्लेख छ । विगत ५ बर्ष पछि आब २०७२/७३ मा पहिलो पटक वैदेशिक रोजगारीमा जाने कामदारको संख्या घट्दै कुल ४ लाख १८ हजारमा सिमित भएको थियो ।

विभागको तथ्याङक अनुसार पछिल्लो समय म्यानपावरबाट संस्थागत रुपमा जाने भन्दा व्यक्तिगत र बैधानिकीकरण (रिइन्ट्री) मार्फत वैदेशिक रोजगारीमा जाने कामदारको संख्यामा बृद्धि भएको बढेको छ ।
गत आबमा संस्थागत रुपमा ३ लाख ७३ हजार कामदार वैदेशिक रोजगारीमा गएका थिए । तर, व्यक्तिगत र बैधानिकीकरणतर्फ पनि उच्च रुपमा बृद्धि भइ ३ लाखभन्दा बढी कामदार वैदेशिक रोजगारीमा गएको पाइएको छ । व्यक्तिगततर्फ बैधानिकीकरण गरेर जाने कामदारको संख्या उच्च रुपमा बृद्धि हुदै गएको छ । सो आबमा त्यसरी गएका कामदारको संख्या २ लाख ६० हजार जनाभन्दा बढी रहेको छ ।

एक पटक रोजारीमा गएका कामदार पुनः जानको लागि सम्बन्धित रोजगारदाता कम्पनीबाटै भिसा लिएर आएका हुनाले बैधानिकीकरण गरेर जाने क्रममा बृद्धि भएको हो । एक पटक गएको समयावधि सकिएर फर्कदा सम्बन्धित रोजगारदाता कम्पनीबाटै भिसा लिएर आउँदा लागत खर्च कम हुने भएकाले पनि बैधानिकीकरण गरेर जाने क्रम बढेको हो । नेपालमा कागजी रुपमा फ्रि भिसा फ्रि टिकट लागू भएपनि प्रायजसो म्यानपावर कम्पनीले १ लाख रुपैयाँभन्दा बढी रकम लिएर मात्र रोजगारीमा पठाउने गरेकाले कामदार फर्कदा नै भिसा लिएर आउने क्रम बढेको हो ।

यसैगरी, पछिल्लो पटक व्यक्तिगत रुपमा नयाँ भिसामार्फत रोजागारीमा जाने कामदारको संख्या पनि उच्च रुपमा बढेको छ । ५ बर्ष अघि सरकारले व्यक्तिगत भिसामा रोजगारीमा जान कडाई गरेसँगै त्यसरी जाने क्रम घटेकोमा आब २०७३÷७४ मा पुनः बढेको हो ।