लण्डन । लण्डनमा शूटिंग भएको नेपाली चलचित्र ‘निर्दोष’ को शूटिंग समाप्त हुनलागेको छ जानकारी निर्माताले दिएका छन् । द एभरेष्ट मुभिज रिडिङ यू.के.को ब्यानरमा निर्माण भएको पहिलो नेपाली चलचित्र ‘निर्दोष, मा एल बी सुब्बाको कथा, निर्माण र निर्देशन रहेको छ । यस चलचित्रमा जोडीको रुपमा धुब दत्त र सब्रिना श्रेष्ठ मुख्य भूमिकामा अभिनय रहेको छ । अन्य कलाकारहरु निता पुन, बिपिन सुब्बा, एल बी. सुब्बालगायतका कलाकारहरूको अभिनय रहेको छ ।
एचआईभी एड्ससम्वन्धी कथाबस्तुमा आधारित यस चलचित्र वस्तुतः प्रेम कथानक चलचित्र हो । पारस रानाले छायांकन गरेका यस चलचित्रमा संगीत राजेशपायल राईलाईको रहेको छ भने, स्वर राजेशपायल राई र प्रविशा अधिकारीको रहेको छ । चलचित्रमा छायांकन गरिने नृत्यहरुको निर्देशन सनम वैराग र प्रकाश श्रेष्ठ रहेको छ ।-दत्त, यूके
प्रतिक्रिया