‘बेल्जियममा रहेका नेपालीमाझ धादिङ समाज’ भन्ने नाराका साथ बेल्जियममा रहेका धादिङ जिल्लावासीले दामन तामाङ्क अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरी बेल्जियमको आन्थ्रोपेन शहरमा प्रथम अधिवेशन सम्पन्न गरेको छ ।
समितिका संथापक संयोजक रञ्जन सिंखडाको सभापतित्वमा हरि सिंखडाद्वारा संचालित खुलासभामा बेल्जियमका उपस्थित अतिथिहरुले सफलताको शुभकामना दिएका थिए । अधिवेशनले जय तामाङ र हरि दाहाललाई उपाध्यक्षमा निर्वाचित गरेको छ भने महासचिवमा रमेश दाहाल, सचिवमा गोमा तामाङ (गुरुङ ), कोषाध्यक्षमा कृष्ण सिंखडा निर्वाचित गरेको छ । त्यस्तै सदस्यहरुमा क्रमशः कुमार थापा, काशिनाथ दर्नाइ, दिपक पण्डित, हरि पाठक, सुमन तामाङ, उर्मिला तामाङ, कृष्णबहादुर गुरुङ, हरि सिंखडा, कमला घले र रन्जना सिंखडा रहेका छन् ।
त्यस्तै समितिलाई आवश्यक सल्लाह दिन ८ सदस्यीय सल्लाहकार सभाको समेत चयन गर्यो । जसमा उल्का घिमिरे, रंजन सिंखडा, लोक दाहाल, गोपाल सिंखडा, कृष्ण न्यौपाने, आरबी घले, शान्तमणि सिंखडा, अर्जुन दाहाल रहेका छन् ।
सम्पन्न अधिवेशनले आसन्न एनआरएनए बेल्जियमको अधिवेसनमा बेल्जियमवासीलाई मिलेर जान आग्रह गर्दै त्यसको लागि अघिल्लो पुस्ताले त्याग गर्न र छिट्टै सार्थकता दिएर बेल्जियमका नेपालीको एकताको प्रत्याभूति गराउन सम्बन्धित पक्षहरुलाई ध्यानाकर्षण गरेको छ ।
त्यस्तै, भेलाले ‘निर्वाचन प्रजातान्त्रिक अभ्यास हो तर सहमति त्यसभित्रको उत्कृष्ट पक्ष हो’ भन्ने भनाइलाई सार्थक बनाउन नेपालीहरुको साझा संस्था एनआरएनए बेल्जियमको सम्बद्ध पक्षसँग जोडदार माग गरेको छ ।

– डिल्ली अम्माई
प्रतिक्रिया