हंगकंग । गत २३ अगष्टका साँझ, लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष श्रीप्रसादजवेगु, प्रमुख अतिथि तथा प्रमुख वक्ता रहेका कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष बिष्णु कुमार गुरुङ गरेका थिए भने विशेष अतिथिमा एमाओवादीका हंगकंग जिल्ला कमिटिका कार्यवहाक सचिव जेबी ओख्राबु रहेका थिए। कार्यक्रमको शुरुवात ज्ञातअज्ञात शहीदहरुप्रति १ मिनेट भावपूर्ण श्रदान्जलीबाट शुरु गरिएको थियो। उपस्थित सम्पूर्णलाई स्वागत मन्तब्य, समाजका उपाध्याक्ष धिरेन राईले दिएका थिए। कार्यक्रमलाई समाजका महासचिव जिमी हाङखिमले सञ्चालन गरेका थिएभने कार्यक्रम हिन्सको कार्यलयमा भएको थियो।
प्रमुख वक्ता जवेगुले तत्कालीन माओवादी र तत्कालीन जातीय मोर्चाहरुमा कसरी एकता आए भन्ने बारेमा पनि प्रष्ट्याएका थिए। देश उक्त बेलादेखि यो बेलासम्म कुनै न कुनै रुपमा साम्राज्यवाद र विस्तारवादको दबदवामा रहेकोछ। यसबाट बच्न पनि आन्तरिक रुपमा राष्ट्रवादको विकास हुन जरुरी छ, त्यसको लागि जातीय मोर्चाहरुलाई दर्हो र सक्रिय बनाउनलाई जरुरी छ। माक्सवादी, लेनिनवादी र माओवादी दर्शनलाई मान्दै बर्ग र जातीय मुक्तिलाई सँगसँगै लान सकिने २१औं शताब्दीको नयाँ प्रयोग पनि हो, भन्ने उनको मन्तव्यको पहिलो विचार थियो । पार्टी धागो हो, बिभिन्न मोर्चाहरु फूलको थुङगा रहेको र सबै उन्दा राम्रो माला बन्ने बिचार उनको थियो । जातीय मोर्चा पार्टीको भातृ संगठन नभएको र यसमा पार्टीमा अझै वहस चलिरहेको पनि जनाएका थिए। तर माक्शबादको दर्शनको स्प्रिटलाई भने नछाड्ने बताउँदै केन्द्रीयताता मान्नै पर्ने र केन्द्रीयताताको नाममा खाए खा, नखाए घिचको ब्यवहार पार्टीले पनि नगर्ने विश्वास दिलाएका थिए। हंगकंगको पार्टी गतिबिधिको बारेमा उनले -यहाँ केही असजिलो स्थिति रहेछ, यो कुरा केन्द्रमा लाने र सम्बन्धित विदेश ब्यूरोलाई भेटेरै कुरा राख्ने भन्ने पनि बताएका थिए। उहाँले -सिस्टमा छिरेर विरोध मात्र हैन हानाहान नै भए पनि गर्नुपर्छ तर बहसमा मात्र हो यहाँ जस्तो गल्ली-गल्लीमा भर्बराउँदै हिँड्न नेपालमा भने छुट छैन, भनेका थिए। विशेष जातीय मोर्चाहरुमध्य मगर राष्ट्रिय मुक्ति मोर्चाको भने हालसम्म जनसरोकारलाई सहयोग गर्ने गरेको छैन । बस्तुगत स्थिति कानूनी प्रकिया आदिले गर्दा हंगकंगमा नेपाली जनसरोकार समाज नै पार्टीको बैधानिक सस्था रहेको र यहा कार्यरत नेपाल जान परे वा नेपाललाई कार्यक्षेत्र बनाई काम गर्न चाहनेले चाँहि जिल्ला कमिटिको सिफारिस लियर जान पर्ने पनि बताएका थिए।
कार्यक्रमा प्रमुख अतिथि र भर्खरै लिरामुमोका नव निर्वाचित अध्यक्ष एम बबी थोप्रालगायत नव कार्य समितिका सदस्यहरुलाई पनि खादा ओढाई सम्मान गरिएको थियो र भावी दिनहरुमा पनि यसरी नै नव निर्वाचित सबै मोर्चाका साथीहरुलाई सम्मान र स्वागत कार्यलाई निरन्तरता दिने समाजका अध्यक्ष बिष्णु कुमार गुरुङले बताएका थिए।-अधिराज, मेस, हंगकंग
प्रतिक्रिया