थाह पाइराखनुस् : यस्तो छ सुन तस्करको नयाँ रुट

थाह पाइराखनुस् : यस्तो छ सुन तस्करको नयाँ रुट


गत २ वर्ष अधिसम्म सिन्धुपाल्चोक जिल्लाको तातोपानी भन्सार नाकाबाट विना अबरोध ल्याउने सुन अहिले सो नाका बन्दभएसंगै सुन तस्करहरुले नयाँ रुट(बाटो) प्रयोग गरेका छन् । भुकम्प र पहिरोका कारणदेखाउदै चीनियाँ पक्षबाट तातोपानी भन्सार नाका बन्द गरेपनि केही कम भएको अबैधरुपमा नेपाल भित्रिदै आएको सुनको कारोबार पछिल्लो समयमा नयाँ रुटसंगै पुनः तीब्रता पाएको छ ।  हंङकङग हुदै चीनबाट नेपालको बाटो प्रयोग गरि भारत निकासी हुदै आएको सुनको अबैध कारोबारमा नयाँ रुटबाट आयात हुन थालेपछि सुरक्षा निकायलाई झन चुनौति थपिएको छ । त्रिभुबन अन्तर्राष्ट्रिय विमानस्थलबाट सेटिङ मिलाएर भित्रिएको सुनलाई केन्द्रीय अनुसन्धान व्यूरो (सिआईवी) टोलीले गत वर्ष ३५ केजी सुन बरामद गरेपछि एकाएक रोकिएको सुन ओसारप्रसार कार्य अहिले केरुङ नाका हुदै भुटान लैजाने गरेका छन् ।

जुरे पहिरोबाट थलिएको सिन्धुपाल्चोकको तातोपानी भन्सार नाका भुकम्पबाट पूर्णरुपमा बन्द भएपछि नेपाली कारोबारीहरुका लागि सुन तस्करीको अन्तर्राष्ट्रिय भन्सार नाकाबाट हुदै आएको थियो । सो रुटबाट कारोबार हुदाँ नियन्त्रणमा परेपछि रातारात नयाँ रुट रसुवाको केरुङ र भुटानहुदै नेपाल आयात हुन थालेको खुलासा भएको छ ।  सुन तस्करले रुट परिवर्तन गरेकाले तातोपानीबाट सुन तस्करी गर्ने समूह केरुङ नाकातिर मोडिए भने त्रिभुबन अन्तर्राष्ट्रिय विमानस्थल रुटमा रहेकाहरु भुटान, भारतहुदै नेपाल ल्याई पुनः भारत निकासी गर्ने गरेको खुलासा भएको छ ।

केरुङ नाकाबाट विभिन्न सुरक्षा घेरा पार गर्दै काठमाडौंमा हाइलक्स गाडिबाट सुनको आयात गर्न थलेको खुलासा प्रहरीले जनाएको छ । रसुवाको टिमुरेमा कुङजाङ तामाङको साथबाट ६ किलो अवैध रुपमा तस्करी भैरहेको सुन बरामद भएसंगै रुट परिवर्तन भएको पुष्टी प्रहरीले गरेको हो । दैनिकजसो रसुवा नाकाबाट १ सय किलो सुन काठमाडौं भित्रिने गरेको अनुमान प्रहरीले गरेको छ । तातोपानी नाकामा रक्तचन्दनदेखि सुनको अवैध कारोबार गर्ने पुरानै गिरोह यतिबेला भूमिगत रुपमा रसुवा नाकामा सक्रिय भई भरिया लगाएर काम गर्दै आएका छन् । सो कार्यमा सिन्धुपाल्चोक फुल्पिङकट्टिका नारायण पौडेल, नेपाल उद्योग बाणिज्य महासंघ वाग्मती अञ्चल सदस्य राजेन्द्रकुमार श्रेष्ठ, अशोक श्रेष्ठ लगायत अन्यले सो रुटबाट सुन तस्करी गर्दै आएका छन् । सुन तस्करीमा उनका भतिजा सुमन पौडेलदेखि बच्चु पौडेल, प्रदीप सरिया, गोविन्द सरिया, मिनबहादुर श्रेष्ठ र आत्माराम श्रेष्ठ पनि सो रुटबाट अबैध कारोबार गर्दै आएको प्रहरीले जनाएको छ । सिआईवीकै अनुसार तातोपानी नाकामा तस्करका रुपमा चिनिएका गोवद्र्धन श्रेष्ठ समेत सो कार्यमा संलग्न भएका आरोप लगाएको छ । काठमाडौंको टोखामा रहेको आत्माराम श्रेष्ठको घरमा बसेर सेटिङ मिलाउने गरेको समेत खुलेको छ ।

तस्करीको आरोप लागेकाहरुः
नारायण पौडेल
रामप्रसाद खड्का
प्रकाश खरेल
भोला मगर
संकेत खतिवडा
विष्णु सुवेदी
माधव सुवेदी
राजेन्द्रकुमार श्रेष्ठ
अशोक श्रेष्ठ
सुमन पौडेल
बच्चु पौडेल
प्रदीप सरिया
गोविन्द सरिया
हरिशरण खड्का
मिनबहादुर श्रेष्ठ
रामकृष्ण गोयल
कुसुम गोयल
राहुल गोयल
आत्माराम श्रेष्ठ
रामहरि कार्की
दिलबन्धु थापा
सन्तोष काफ्ले
गोपाल शाही

सुनसंगै हुण्डी र डलरको कारोवारमा ३५ प्रतिशत कारोवार र चाइनाको हुण्डीको कारोवारमा ८० प्रतिशत कारोवार प्रदीप सरिया र बच्चु पौडेल समूहको रहेको प्रारम्भीक रिपोर्टमा समेत रहेको छ । उनीहरूले ल्हासाबाट भुटान हुँदै सुनको तस्करी गर्दै आएका छन् । भुटान भित्रिएको तस्करीको सुन चुलिङमा हात परेपछि यिनीहरुले माग अनुसार नेपालका अलवा सिलगुडी, सिक्किमलगायतका भारतका शहरहरूमा पठाउने कार्य गर्दै आएका छन् । यसैगरी, विष्णु सुवेदी, भोला मगर, राजन सुवेदी, संकेत उपाध्यय, गोपाल शाहीलगायतले पटक–पटक दुबईबाट सुन नेपालमा तस्करी गर्दै आएको समेत ठहर सिविआइको रहेको छ ।
सिआईबीले सुन तस्करीमा संलग्न एसएसपी र भन्सारका कर्मचारीलाई पक्राउ गरे पनि मुख्य नाइकेलाई भने पक्राउ गर्न सकेको छैन ।

एयरपोर्टका भन्सारका कर्मचारीहरू श्रीनारायण यादव, राज ढकाल, श्याम श्रेष्ठ, न्युरोडस्थित वैभव लक्ष्मी गोल्ड एन्ड सिल्भर प्यालेसका सञ्चालकहरू राजेश शाक्य, सुनिल श्रेष्ठ, मनोज श्रेष्ठ र नारायण श्रेष्ठविरुद्ध पनि मुद्दा दायर गरिएको भएपनि अहिले सम्म सो मुद्दाको किनारा लाग्न सकेको छैन् । तस्करीमा संलग्न रामहरि कार्की, दिलबन्धु थापा, सन्तोष काफ्ले र गोपाल शाहीलाई प्रहरीले पक्राउ गरेको थियो । अन्य २१ जनालाई फरार प्रतिवादी बनाइएको छ ।

सुनको मुख्य नाइके काभ्रेका हरिशरण खड्का भएको प्रहरीले जनाएको छ । उनी हाल विदेशमा छन । रोशन (गुप्तलाल भुसाल), राजन पन्थ, अर्जुन खरेल, किसनगोपाल अग्रवाल, चूडामणि उप्रेती, सीताराम खरेल, केशव चापागाईं र गोपी भुसालसमेतको बरामद सुनमा लगानी रहेको सिआइबीको भनाई रहेको छ । उत्तरढोकास्थित दरबार दोहोरी क्लबका सञ्चालकद्वय रामप्रसाद खड्का र प्रकाश खरेलसमेत संलग्न रहेका छन् ।

सुन ओसारपसारमा संलग्न भोला मगर, संकेत खतिवडा, विष्णु सुवेदी, माधव सुवेदी तथा एयरपोर्ट भन्सारका कर्मचारीहरू गंगा भुसाल, तेजबहादुर श्रेष्ठ र प्रद्युम्नहरि श्रेष्ठलाई फरार प्रतिवादी बनाई मुद्दा दायर गरेको छ । विशाल बजारस्थित आरके ज्वलर्स र दरबारमार्गस्थित आरके डायमन्डका सञ्चालक राजेन्द्र शाक्य र मलिका बज्राचार्य शाक्य, सालिमार ज्वेलर्सका सञ्चालकहरू रामकृष्ण गोयल, कुसुम गोयल र राहुल गोयल फरार सूचीमा रहेका छन ।