कलाकारलाई खोटाङ समाज र खाम्बातिमबाट भेटघाट

कलाकारलाई खोटाङ समाज र खाम्बातिमबाट भेटघाट


हङकङ । २४ अगष्ट २०११ का दिन जोर्डनस्थित हिन्सको कार्यलयमा खोटाङ समाज हङकङ र किरात राई चाम्लिङ खाम्बातिम् हङकङले नेपालबाट आएका गायकगायिकालाई सयुंक्त रुपमा भेटघाट कार्यक्रमको आयोजना सम्पन्न गरेको छ । भारतीय गोर्खा भू पू सैनिक संघले आयोजना गरेको भीसी साँझको अवसरमा नेपालबाट गयिका सरला राई र गायक रुपकुमार राई हङकङ आएका हुन् । त्यस कार्यक्रमको अध्यक्षता खोटाङ समाजका अध्यक्ष सुवास राईले गरेका थिएभने बिषेश अतिमा गायिका सरला राई र रुपकुमार राई रहेका थिए । किरात राई चाम्लिङ खाम्बातिमका अध्यक्ष युक कृष्ण राई, गुरुङ समाज खोटाङका अध्यक्ष राम गुरुङ किरात राई चाम्लिङ खाम्बातिम केन्द्रीय कार्यसमिति काठमाण्डौका सचिव तथा हङकङ खाम्बातिमका सल्लाहकार गेन राई, खोटाङ समाजका सल्लाहकार चनेन्द्र गुरुङ, किरात दुमी राई फन्सिकिमका सचिव कमल राई, किरात राई चाम्लिङ खाम्बातिमका सल्लाहकार नरजित राई, खोटाङ समाजका सल्लाहकार वसन्त कुमारी राई, बाम्राङ परिवार हङकङका उपाध्यक्ष किन्दर राई र किरात राई चाम्लिङ खाम्बातिमका सल्लाहकार जजिन राईलाई आसन ग्रहण गरिएको थियो ।
किरात राई चाम्लिङ खाम्बातिमका सचिव तथा खोटाङ समाजका सदस्य पिताम्बर राईले सञ्चालन गरेको सो कार्यक्रमको स्वागत भाषण खोटाङ समाजका उपाध्यक्ष अधिराज९तेज प्रकाश० राई र किरात राई चाम्लिङ खाम्बातिमका अध्यक्ष युक कृष्ण राईले दिएका थिए ।
खोटाङ समाजको तर्फबाट सरला राई र रुपकुमार राईलाई प्रशंसा पत्र सोही संस्थाका अध्यक्ष सुवास राईले प्रदान गरेका थिए । अन्य मन्तव्य दिनेहरुमा गेन राई, वसन्त कुमारी राई र बिषेश अतिथि रुपकुमार राईले दिएका थिए र कार्यक्रम समापन अध्यक्ष सुवास राईले गरेका थिए ।
खोटाङमा हुन गइरहेको खोटाङ ताराको लागि पहिलो पुरस्कार खोटाङ समाज हङकङका सदस्य जय राम राईले गर्ने घोषणा गरेका छन् र उनले पहिलो पुरस्कारको लागि नेपाली रुपैयाँ ५०००० (पचास हजार) दिने भएका छन् । त्यस खोटाङ ताराको मेडिया र्पाटनर भने हंगकंगबाट मूलबाटो डटकम रहने भएको छ । यसको अलवा रुपाकोट एफएम, हलेशी एफएम र हिमालयन टेलिभिजन रहने भएकोछ। यस कार्यक्रमको आयोजकमा खोटांग महासमाज काठमाण्डो र सहआयोजकमा किरात सास्कृतिक कला केन्द्र रहेको छ भने कार्यक्रमको सम्योजक गायक रुप कुमार राई रहेका छन्।-अधिराज, हंगकंग मेस