फार्नबोरोह । १/८८ नम्बरीहरुको एक वार्षिक भेला सम्पन्न भएको छ । नम्बरीहरुका करीव पाँच दर्जनहरु आफ्ना अतीतलाई वल्झ्याउँदै आफ्ना सम्पूर्ण परिवारहरुसहित आपसी सदभाव बाँड्दै भेला भएको यो अवसर अत्यन्तै यादगार रहेको एक सहभागी नम्बरी बताउँदछन् । यूकेको व्यस्त दिनहरुबाट एक दिन बचाएर आफू तथा आफ्ना परिवारहरुलाई आफ्नो विगतको सम्झनाहरुका साथ भेला गराउने मनासय लगभग सबैजसो सहभागीहरुका आन्तरिक इच्छा रहेको थाहा हुन आउँछ । भूतपूर्व ब्रिटिश गुर्खाका १/८८ समूहहरुबीच भाइचारा प्रगाढ रहेको देखिन्छ ।-केदार, मेस, तस्वीर -ध्रुव
Click here to view the album
प्रतिक्रिया