उपप्रधानमन्त्री नपाएपछि भड्किए कमल थापा

उपप्रधानमन्त्री नपाएपछि भड्किए कमल थापा


राष्ट्रिय प्रजातन्त्र पार्टीले तत्काल सरकारमा सामेल नहुने सङ्केत दिएको छ । उपप्रधानमन्त्रीसहित कम्तीमा दुई मन्त्रालय माग गर्दै आएको राप्रपालाई उपप्रधानमन्त्रीको हैसियत नदिइने भएपछि राप्रपा सरकारमा समावेस भएन । सरकार गठन लगायतका विषयमा वार्ता गर्न महामन्त्री जयन्त चन्दको नेतृत्वमा गठन गरिएको तीन सदस्यीय वार्ता समिति पनि सो पार्टीले भङ्ग गरिदिएको छ ।