बेलायती लोग्नेमान्छेहरुका आयु छोटो

बेलायती लोग्नेमान्छेहरुका आयु छोटो


लण्डन । लगभग ३०,००० बेलायती लोग्नेमान्छेहरु स्वयंले नै आफ्नोलागि चिहानको खाडल औसत समयभन्दा अगाडि नै खन्दै गइरहेको भन्ने प्रकारको भययुक्त रिपोर्ट सार्वजनिक गरिएको छ, जसको बारेमा मुलुकका सबैजसो पत्रिकाहरुले आआफ्ना माध्यमबाट खुलाएका छन् । यूरोपीयन स्टेट अफ मेन्स हेल्थ रिपोर्ट फर यूरोपीयन कम्मिसनका अनुसार, रक्सी, लागूपदार्थ र अत्यधिक मोटोपन वास्तविक रुपमा यूरोपीयन मुलुकका लोग्नेमान्छेहरुका लागि अल्प आयुको मुख्य कारण हो भन्ने थाहा लागेको छ । अनि बेलायती लोग्नेमान्छेहरु यूरोपीयन मुलुकहरुमा सबैभन्दा चाँडै यिनै माथि बताइएका लतहरुको कारणले गर्दा अल्पायु पाउँदै आएका सोही रिपोर्टमा जनाइएको छ ।
१५ वर्षदेखि ६४ वर्षका लगभग ६५००० लोग्नेमान्छेहरु हरेक वर्ष बेलायतमा मृत्यु हुने गरेकोमा, उक्त संख्याको आधा जतिको मृत्युलाई लामो अवधिको लागि रोक्न सकिने खालको भएको विशेषज्ञहरुले बताएका छन् । ३०, ४० वर्ष अझै सजिलै बाँच्न सक्ने उमेरका त्यसरी मृत पाइएका व्यक्तिहरुका सो अल्पायुको मृत्युलाई सजिलै रोक्न सकिने विशेषज्ञहरुको राय छ । अत्यधिक रक्सीको सेवन, अन्य कुलतहरुको आदत अनि अत्यधिक मोटोपनालाई अवश्य नै समयमै ध्यान दिएको भए सोबाट मुक्ति पाउन सजिलै सकिन्छ । बेलायतको जनसंख्यामा २५ देखि ३४ वर्षका लोग्नेमान्छेहरुका करीव ३८ प्रतिशतहरु त्यसरी बितेका वर्षमा मृत हुनेहरु अत्यधिक मोटा थिए ।
-केदार, मेस, श्रोत मेट्रो