मिति २०६८।५।१२ को साँघु साप्ताहिकमा राजदूत पत्नीको महारानी शैली शीर्षकअन्तर्गत छापिएको समाचारप्रति यस राजदूतावासको ध्यानाकर्षण भएको छ । सो समाचार गलत तथा भ्रामक सूचनामा आधारित भई कुत्सित नियत भएको देखिएकोले कृपया निम्न लिखित हाम्रो भनाइ छापिदिनु हुन विनम्र अनरोध गर्दछौं । आशा छ आउने दिनमा प्रतिष्ठित सांघु साप्ताहिकमा यस प्रकारको गलत, अनर्गल समाचारले स्थान पाउने छैन ।
सर्वप्रथम, १४ महिनाअधि यस राजदूतावासमा राजदूतले वहाली गरेदेखि यस मुलूकमा देशको हित प्रवर्ध्दन गर्न कटिवध्द भई लागीपरेको यहाँहरुलाई अवगत गराउन चाहन्छौं । यस राजदूतावासको नेपाल प्रवर्द्धनसम्वन्धी क्रियाकलापहरुका बारेम यूट्युबमा नेपाल एम्बेसीबाट हेर्न सकिने छ । नेपाली दाजुभाइ दिदीवहिनीहरुबीच आपसी मेलमिलाप तथा भाइचारा झन् बढाउन प्रयत्नशील रहँदै आएका छौं । दशै, तीज मनाउँदा व्यापक जनसहभागिता भई नेपाली समाजमा राम्रो सन्देश गएको छ । राजदूतावासको यस प्रकारका प्रयासहरुलाई व्यापक रुपमा जनसहयोग तथा समर्थन प्राप्त भएको छ । राजदूत पत्नीले पनि सबैलाई सरल, राम्रो व्यवहार गरी आउनु भएको छ । कुनै आडम्वरी, ढोंगी व्यवहार गरी कसैलाई मन दुखाउने कार्य गर्नुभएको छैन । परेको बेलामा सकेको सहयोग सबैलाई गरी आएकै छ । गत वर्ष पनि अहिले जस्तै निमन्त्रणा कार्ड बाँडेर तीज मनाइएको थियो । यस वर्ष खाली मिति मात्र फरक थियो । तीज मनाउन राजदूत पत्नीले आयोजना गर्ने कार्यक्रमका बारेमा राजदूतावासवाट निमन्त्रणा गरिनु के अधिकारको दुरुपयोग हुन्छ ? प्रत्येक कुटनीति सेवामा रहेका अधिकृत कर्मचारीलाई आफ्नो काममा सघाउन पर्ने भएकोले नै सरकारले श्रीमतीलाई समेत केही रकम पारिवारिक भत्ताको रुपमा दिई कुटनैतिक राहदानीसमेत प्रदान गर्ने गरिएको छ । तर यस वर्ष नेपाली महिलाहरुको पावन अवसरलाई यसरी गलत ढंगले प्रस्तुति गरिएकोमा साह्रै दुख लागेको छ । यस बारेमा अनलाइनमा लगातार समाचार सम्प्रेषण गर्नु भएका सम्पादकज्यूसँग फोनमा कुरा भई कुनै गुनासो भएमा राजदूतावासमा आउन अनुरोध गरी, बसेर कुरा गरौं, आआफ्नो कुराहरु राखौं, गुनासोहरुका बारेमा चित्तबुझ्दो जवाफ दिनेछौं भन्नेसम्म कुरा भएको थियो । त्यो भन्दा वढी केही पनि भएको छैन । उहाँलाई जहिले पनि राजदूतावासमा स्वागत गरी चित्त नबुझेका कुराहरुमा जायज जवाफ दिन हामी तयार नै छौं । अनुरोधपत्रलाई धम्की पत्रको रुपमा देख्नु भएछ उहांले । पूर्वाग्रहीको पराकाष्ठा महशुस गरी आएकाछौं हामीले ।
राजदूतावासका कामकाज सबै नियम सम्मत ढंगले भई आएका छन् । यहां कसैलाई भेदभाव, लाखापाखा गर्ने गरिएको छैन । राजदूतावासमा सबैलाई स्वागत गर्ने गरिएको छ । कसैलाई कोही व्यक्ति मन पर्ने वा नपर्ने आफ्नो सोचाइ होला, तर राजदूतावासले सबैसंग राम्रो सम्वन्ध राखी आएको छ । राजदूतावासले नेपाली व्यापारीहरु यहां आफ्नै श्रोतले आएको बेलामा गर्न सकिने सहयोग गर्ने गरेको छ । नेपालको निकासीयोग्य वस्तुहरुको बजार बढाउने कुरामा सहयोग गर्नु त राजदूतावासको उद्देश्य नै हन आउँदछ छ । व्यापारीहरुलाई भीसा दिन सिफारिस पटक्कै गर्ने गरिएको छैन । फ्रेन्च जेन्दार्मेमा कामी गरिरहन भएका करीव १५० जना जति नेपालीहरुको प्रतिनिधिमण्डलसंग केही महिना अगाडि राजदूतावासमा भेटघाट गरिएको थियो । उहाँहरुको केही गुनासो छ कि भनी सोधनी गरिएको थियो । सबै राम्रो भएको जानकारी दिई उहाँहरु राजदूतावासको सकारात्मक पाइलाप्रति खुशी प्रकट गरी जानु भएको थियो । यो भन्दा बढी अरु केही पनि कुरा छैन । यस बारेमा कुनै थप जानकारी आवश्यक भएमा जेन्दार्मेका श्रीथेवेजी तथा श्रीविष्णु थापासंग सम्पर्क गर्न सकिने छ । यस्तो सम्म झुठ, गलत, अनैतिक कुरा लेख्दा हात अलि त काम्नु पर्ने हो ।
फ्रेन्च Legionnaire Gendarme अन्तर्गत रही अफ्गानिस्तानमा ०७ अगष्ट २०११ का दिन असामयिक निधन भएका किशन वहादर थापाको परिवार १४ अगष्ट २०११ का दिन नेपाल र्फकने समाचार पाई उहाहरुसंग भेट गर्न सो दिन चार्ल्स डेगाल एअरपोर्टमा राजदूत स्वयम् जान भई राजदूतावासको तर्फबाट समवेदना प्रकट गर्नुको साथै पछि राजदूतावासवाट प्रेस विज्ञप्ति निकाली फ्रान्स सरकारले उहांको मृत्युपर्यन्त दिइएको उच्च सम्मानले हाम्रा दुई देशबीच रही आएको सम्वन्धमा थप योगदान दिएको भावना व्यक्त गरिएको थियो । क्ष्लखबष्मि मा आयोजित कार्यक्रमा हाम्रो राजदूतावासलाई बोलाइएको थिएन । साथै, अर्का दक्षिण अफ्रिकाको सैनिकको पनि मृत्यु भएकोमा दक्षिण अफ्रिकी राजदूतावासलाई पनि बोलाइएको थिएन । Invalid को आफ्नै नियम हुने हो, हामीले जान्ने भएर कुनै कदम चाल्न पनि भएन नि ।
राजदूतका सम्वन्धमा लेखिएका कुराहरु पूर्णत गलत, आधारहीन भई कुनै सत्यता छैन । खाली दुष्टले चरित्रहत्या गर्न खोजिएको दुस्साहसका रुपमा हामीले लिएका छौ । उहांले यहां आउन अगाडि आफ्नो कार्यभार राम्ररी सम्हाली आउनु भएको थियो । कुनै गलत हर्कत गर्नु भएको छैन । हास्यास्पद आरोपहरुको जवाफ दिई राख्न समयको अपव्यय मात्र हने छ ।
दुष्ट्याइको पराकाष्ठामा पुगी आफ्नो देश तथा जनताको लागि निरन्तर रुपमा लागीपरी आउनु भएका राष्ट्रसेवक माथि बेइमानी तथा अन्याय गरी अनर्गल प्रचारबाजीको प्रयास भएको देखिएकोले सम्वन्धित सबैमा भ्रामक समाचारवाट प्रभावित नभई दिन यस राजदूतावास हार्दिक अनुरोध गर्दछ । -नेपाली दूताबास, फ्रान्स
प्रतिक्रिया