लण्डन । आफ्नै घरको आठ वर्ग फुट क्षेत्र भएको गार्डेनमा हल्ला मचाउँदै खेल्दै गर्ने एकजना चार वर्षे बालकका आमाबुवालाई बालकको क्रियाकलापले गर्दा सचेत गराउँदै काउन्सिलबाट बच्चाको हल्ला रोक्नको लागि पत्र पठाएको समाचार प्राप्त भएको छ । यदि अब आइन्दा बच्चाको हल्लाले अरुलाई बाधा पुग्दछ भने जरिमाना तिर्नुपर्ने सचेत गराएको छ । साइमान र पिप्पा लिन्डसेलका चार वर्षीय छोरो अल्फि घरको गार्डेनमा फुटबल खेल्न तथा घरको कुकुर ओस्करसँग खेल्न मन पराउँछन् । बच्चाले गार्डेनमा खेल्दा धेरै हल्ला गरेको भनेर कसैले गएर काउन्सिलमा कम्प्लेन लेखाइएको रहेछ, तर, कम्प्लेन गर्ने व्यक्तिबारे लिन्डसेल दम्पतिलाई अझ थाहा भएको छैन । प्रचलित कानूनको व्यहोरा दर्शाउदै उनीहरुलाई बच्चाले हल्ला गरेर अरुलाई बाधा पुर्याउने आरोप साबित भएको अवस्थामा प्रत्येक दिन ५००० पाउण्ड तथा त्यसमाथि अझ थप पाँचसय पाउण्ड जरिमाना तिर्नुपर्ने जानकारी काउन्सिलको पत्रमा उल्लेख गरेको छ ।
बच्चाका बुवा लिन्डसेलले … अल्फि खेल्दा हल्ला र चकचक गर्ने खालको भए पनि ऊ अन्य साधारण बच्चाहरुसरह नै छ, हामीलाई कसले कम्प्लेन गरेको भन्ने बारे थाहा छैन, तर, यसबारे हामीले छिमेकीहरुसँग पनि कुरा गरेका थियौं, पक्का नै बच्चाको हल्लाले उनीहरु रिसाएका होलान् र अहिले विदाको समय पनि हो र बच्चाहरु बाहिर गार्डेनमा खेल्न रुचाउँछन् …. भनेर समाचारदाताहरुलाई भनेका छन् । बच्चाका अभिभावकलाई हल सिटी काउन्सिलले सचेतपत्र पठाएको थियो जसमा बच्चा जोरसित चिच्याएर अरुलाई बाधा पुर्याउदै खेल्ने आरोप लगाएको थियो । जुन व्यक्तिले आरोप लगाएका थिए उनको पहिचान प्राप्त भएको छैन, तर, त्यस व्यक्तिलाई काउन्सिलले प्रत्येकदिन बच्चा कतिपल्ट खेल्दाखेरि चिच्याउँछ, त्यसको रेकर्ड राख्नको लागि अह्राएको छ । बच्चाकी आमा पिप्पा लिन्डसेलका अनुसार … यो एकदमै निराशपूर्ण छ, अब म के गरुँ – बच्चाको मुखमा पटि्ट बाँधेर बेडरुमभित्र राख्ने -…. भनेर समाचारदाताहरुलाई भनेकी छिन् । श्रोत – नेट, सुमल, मेस ।
प्रतिक्रिया