लण्डन । यूकेका मुख्यमुख्य युवाहरुलाई राखिने जेलहरुमा भएका अपराधिक गतिविधिमा लागेर सजायँ भोग्दै गरेका संख्याको लगभग एक तिहाइ संख्याका युवाहरु विदेशी मूलका भएको तथ्य खोलिएको छ । २०००भन्दा बढी युवाहरु भर्खरै फेल्थाम योंग अफेन्डरस् इन्स्टिट्युटबाट पास भएर गएका छन् र तीमध्ये ६३२ जना युवाहरु यूकेमा जन्मेका थिएनन् । त्यसको मतलव विदेशबाट यूकेमा त्यसरी अपराधीहरु भित्रिएका रहेछन् भन्ने जनाउनु वास्तवमा त्यो खोजको आसय लागेको छ । त्यसरी अपराधी युवाहरु ठूलो मात्रामा सोमालियाबाट आउने थाहा भएको छ ।
त्यस्तै अन्य विदेशी युवाहरु रोमानिया, जमैका, अफ्गानिस्तान, नाइजेरिया, अल्जेरिया, लिथुनिया, कंगो, आइरल्याण्ड र पोर्चुगलबाट यहाँ भित्रिएका ेबारेमा विस्तारमा थिंक ट्यांक माइग्रेसन वाचले एक खोजमा जनाएको छ । सन् २०१० देखि २०११को एप्रिलसम्मको उक्त खोजको नतिजा अत्यन्तै विभत्स रहेको सोही वाचले बताएको छ ।-केदार, मेस
प्रतिक्रिया