रुदी खोलामा बस दुर्घटना : रुदी हाइड्रोपावरको लापर्वाही नै कारक

रुदी खोलामा बस दुर्घटना : रुदी हाइड्रोपावरको लापर्वाही नै कारक


– छविलाल बगाले

लमजुङ र कास्कीको सीमाना भएर बग्ने रुदी खोलामा रुदी खोला हाइड्रोपावरले बनाएको मोटरेवल पुलको ट्रष्ट भाँचिदा हिजो विहिबार खतर्नाक किसिमबाट बस दुर्घटनामा पऱ्यो भने सो र्घटनामा परी २ जनाको ज्यान गयो । दुर्घटनाको प्रकृति हेर्दा हाइड्रोपावर कम्पनीको लपर्वाहीका कारण अकल्पनीय घटना घटेको पाइएको छ ।

निर्माणाधीन रुदी खोला जलविद्युत आयोजनाले निर्माण गरेको अस्थायी मोटरेवल पुल भाँचिएर बस र पुलको ट्रष्ट खोलामा पुगेको प्रहरी नायव उपरिक्षक समिरचन्द्र खरेलले जानकारी दिए । दुर्घटनामा परी ज्यान गुमाउनेहरूमा क्लोहोंसोथार गाउँपालिका वडा नं ७ चरा गाउँका खिमप्रसाद गुरुङ र बारा जिल्ला फेता गाउँपलिकाका विनोद मण्डल रहेका छन् । प्रहरीका अनुसार बेपत्ता भएकाको पहिचान भने हुन सकेको छैन । दुर्घटनामा परी घाईते भएका २४ जनाको पोखरा र काठमाडौंमा उपचार भइरहेको छ ।

ना ५ ख ६३९५ नम्बरको बस यात्रु लिएर पोखराबाट बालुवाबेसी जाँदै गरेको स्थानीयले बताएका छन् । रुदी खोला जलविद्युत आयोजनाले आफ्नो र स्थानीयको प्रयोजनको लागि रुदी खोलामा सामान्य ग्याविन हालेर पुल निर्माण गरेको अनुसन्धानमा खुलेको छ । ‘ग्याविन वालमाथि ढलान गरेको रहेछ’, घटनास्थल पुगेका परमेश्वर अधिकारीले भने, ‘त्यहीमाथि बढि क्षमताको ट्रष्ट राखेको र खोलाले पुर्वतिरको ग्याविन वाल भत्काइदिएकोले पुल कमजोर बनेको थियो ।’

यता हाइड्रोपावरका संचालकहरुले भने पुल आयोजनाको मालसामान ओसारपोसार गर्नको लागि मात्रै बनाइएको भन्दै घटनाबाट उम्कन खोजिरहेको स्थानीयवासी बताउँछन् । यसबारे छानबिन गरी दोषीलाई कारवाही र पीडितलाई क्षतिपूर्ति दिइनुपर्ने माग स्थानीयले गरेका छन् ।