काङ्ग्रेस सांसदलाई पार्टीबाट निकाल्न सिफारिस

काङ्ग्रेस सांसदलाई पार्टीबाट निकाल्न सिफारिस


‘कङ्गालको घरमा कलहको बास’ भन्ने उक्ति नेपाली काङ्ग्रेसभित्र चरितार्थ हुन खोजेको छ । स्थानीय निर्वाचनमा पराजय भोगेर त्यसैपनि सकसमा परेको काङ्ग्रेसमा पराजयको कारण अन्तर्घात भएको ठहर गर्दै पार्टी भित्रका आफुसंग असहमत व्यक्तिहरुलाई तह लगाउने र बदनाम गर्ने क्रम आरम्भ भएको छ ।

यसैबीच, कैलालीमा सांसद सहित अन्य महत्वपूर्ण जिम्मेवारीमा रहेका व्यक्तिलाई पार्टीको साधारण सदस्य समेत नरहने गरि कारबाही गर्न सिफारिस गरिएको छ । प्राप्त जानकारी अनुसार कैलालीको गोदावरी नगर काङ्ग्रेस समितिले क्षेत्र नं. ५ का सांसद दिर्घराज भाट, महाधिबेशन प्रतिनिधि उत्तम कठायत, जिल्ला

समितिका सदस्यय बसन्त रोकाय, किसान संघका जिल्ला अध्यक्ष टिकादत्त जोशी, महाधिबेशन प्रतिनिधि रामचन्द्र ओझा र पार्टीको क्षेत्रिय समितिका पूर्व सदस्य धनीराम पनेरुलाई साधारण सदस्य समेत नरहने गरी अनुशासनको कारबाहीका निम्ति सिफारिस गर्ने निर्णय गरेको छ । काङ्ग्रेसको नगर समितिका सभापति हेमप्रकाश उप्रेतीको सभापत्विमा भएको बैठकले गरेको उक्त निर्णयको बोधार्थ सभापति शेरबहादुर देउवालाई पनि दिइएको छ ।