बृद्धामाथि गोहीको आक्रमण

बृद्धामाथि गोहीको आक्रमण


लण्डन । एकजना दक्षिणपूर्व फ्लोरिडाकी नब्बे वर्षीया बृद्धा महिला गोहीको आक्रमणमा परी सिकिस्त भएकी छिन् । फ्लोरिडा वाइल्ड लाइफका कर्मचारीहरुका अनुसार मार्गारेट वेब नाम गरेकी नब्बे वर्षीया बृद्धा महिला कोपल्याण्डस्थित आफ्नो घर नजिकैको नहर किनारमा बुधवारको दिन हिंडिरहेकी थिईन् । ठीक त्यसैबेला अचानक एउटा अजङको आठफुट लामो गोही नहरबाट उफे्रर महिलाको खुट्टामा दाह्रा गाडेर तान्न थालेको थियो । मार्गारेट यस अप्रत्याशित हमलामा एकछिन आफूलाई त्यही किनारमा अड्काएर राख्न सफल भएकी थिईन् । त्यसैबेला एकजना वाहन चालक गाडी चलाउँदै त्यस ठाउँबाट गइरहेका थिए । हतार-हतार वाहन चालकले गाडी रोकेर महिलालाई गोहीबाट बचाउन सफल भएका थिए । त्यस व्यक्तिले गोहीलाई गोली चलाएर मार्ने प्रयास गरेका थिए, तर, गोही त्यहाँबाट पानीमा पलायन भएर गएको थियो । बृद्धा महिलालाई आफ्नो गाडीमा राखेर त्यस व्यक्तिले अस्पताल पुर्‍याएका थिए, तर, डाक्टरहरु, महिलाकी गोहीको दाह्राबाट घाइते भएको खुट्टालाई जोड्न असफल भएका थिए । डाक्टरहरुले घाइते भएको खुट्टालाई काटेर फालेका थिए । अहिले त्यस क्षेत्रका वाइल्ड लाइफका कर्मचारीहरु गोहीको तलाशमा लागेका छन् । श्रोत – नेट, सुमल, मेस ।