एक मात्र महिला ट्रक मेकानिक

एक मात्र महिला ट्रक मेकानिक


लण्डन / साडी लगाएर टाउकोमा साडीको फेरो ओढ्दै फलामको पञ्चर टायर बदल्न छड कस्दै गरेकी शान्तिदेवीलाई जसकसैले देख्दा तिनी ट्रकको मेकानिक होलिन् भनेर पत्यार गर्दैनन् । तर, आठजनाकी आमा शान्तिदेवी भारतभरिकी एक मात्र महिला ट्रक मेकानिककी रुपमा परिचित छिन् । तिनले आफ्नै ५५ वर्षीय पति रामबहादुरलाई पनि यसै काममा संलग्न गराएकी छिन् ।
५० वर्षीय शान्तिदेवीले आफ्नो घरसंसार मात्र चलाएकी छैनन् अपितु तिनले यस पेशालाई विगत १८ वर्षदेखि निरन्तर एउटा मोटर ग्यारेजको स्थापना गरेर सञ्चालन गर्दै आएकीछिन् । शान्तिदेवीले …. यो काम कठिन काम हो तर, यस कामलाई म माया गर्छु, यदि काम नगरे मलाई बोर लाग्छ र म त्यसै एकछिन खाली बस्न सक्दिनँ …. भन्छिन् । शान्तिदेवीले ट्रकहरु चल्ने दिल्लीको बाहृयभागमा अवस्थित मुख्य राजमार्गमा जीविका चलाउने ध्येयले एउटा चियापसल थापेकी थिईन् । पछि तिनले गाडीहरुको एउटा ग्यारेज स्थापना गरेर व्यवसाय चलाउने प्रवल सम्भावन देखिन् अनि यस कामका लागि तिनले एकजना साथीबाट आधारभूत प्रशिक्षण लिईन । त्यसपछि ग्यारेजका लागि चाहिने सम्पूर्ण औजारहरु किनेर यस काममा लागिन् ।
अहिले प्रत्येक महिनामा ४८ हजार भारतीय रुपैया (६५० पाउण्ड) सम्मको रकम कमाउँछिन् । तर तिनका समकक्षीहरुले जम्म २००० भा.रु.सम्म मात्र कमाउँछन् । शान्तिदेवीको आफ्नै भनाइमा… मैले आफ्नो बच्चाहरु र गृहस्थीलाई राम्रैसँग धानेकी छु, मेरो एउटा राम्रो घर छ… भन्छिन् । रामबहादुर शान्तिदेवी एडब्ल्यु-७, सञ्जय गान्धी ट्रान्जपोर्ट नगर डिपोट, दिल्लीभन्दा केही बाहिर जुन क्षेत्र ७५ एकडभन्दा बढी इलाका ओगटेर फैलिएको छ त्यहाँ काम गर्छिन् । यो ठाउँ एसियाको सबैभन्दा ठूलो ट्रकगाडीहरु खडा गर्ने स्टेशन भनेर चिनिन्छ । तिनका समकक्षी मेकानिकहरुले तिनलाई ईज्जतको साथ आन्टी भनेर सम्बोधन गर्छन् । श्रोत, नेट, मेस ।