लण्डन । राष्ट्रसंघले हालै एउटा विज्ञप्ति जारी गरेर महामारीबाट ग्रस्त सयौं हजार सोमालियाका मानिसहरुलाई यदि तत्काल राहत नपुगे क्रिसमसभन्दाअघि खानाको अभावले मर्न सक्ने चेतावनि दिएको छ । अब आउने चारमहिनाभित्र सातलाख पचासहजार मानिसहरु खाद्य अभावले मर्न सक्ने कुरा सार्वजनिक गरेको छ । गत जुलाई महिनाबाट अहिलेसम्म ६६ प्रतिशत भोकमरीको संख्या बढेको छ । अहिले सोमालियाका साउदर्न-बे इलाकालाई खाद्य संकट र महामारी क्षेत्र घोषित गरेको छ । सम्बन्धित विभागअनुसार प्रत्येक दिनमा कम्तीमा पचासजना बच्चाहरु कुपोषणका कारण मर्दैछन् । ६० प्रतिशतभन्दा बढी चार गुणा कुपोषणको शिकार भएका मानिसहरु साउदर्न-बेमा छन् । यस्तो परिस्थितिमा कार्यकर्ताहरुले समयसापेक्ष सेवा पुर्याउन हम्मे भएको कुरा प्रकाशमा आएको छ ।
फुड सेक्युरिटी युनिटका कार्यकर्ता ग्रैनी मोलोनीले … मैले यस्तो परिस्थितिको सामना कहिल्यै गरेको थिईनँ, यो खाद्य अभावको समस्या अब आउने १२ महिनासम्म पनि समाधान हुने छैन… भनेका छन् । अफ्रिकामा एक करोड तीस लाखभन्दा बढी मानिसहरुलाई सुक्खा र भोकमरीको महामारी खेप्नु परेको छ । अहिलेको साउदर्न-बे क्षेत्र अहिलेसम्मको खाद्य संकट र महामारी घोषित छैठौ इलाका हो । यहाँका दशलाख जतिलाई मात्र राहत प्राप्त भइसकेको कुरा राष्ट्रसंघले जाहेर गरेको छ । तर, अल साहाब मिलिशियाहरुका अवरोधका कारणले गर्दा यहाँ राहत कार्यमा अवरोध भइरहेको कुरा जनाएको छ । यसले गर्दा संकटग्रस्त क्षेत्रका परिवारलाई कुपन प्रदान गरेर बजारबाट खाद्यहरु किन्नलाई उत्प्रेरित गरेको छ । श्रोत – नेट, सुमल, मेस ।
प्रतिक्रिया