लण्डन । भू.पू. गुर्खा सैनिक योगेन क्षेत्रीको क्लिनिङ कम्पनी वाईबीसीले केन्टमा लगभग ५०० जति क्लिनिङ कामहरुको निर्माण गर्ने आशा गरेको त्यहाँको स्थानीय अनलाइन समाचार केन्ट अनलाइनले जनाएको छ ।
वाईबीसीले अल्डरसटमा मात्रै लगभग ४०० जनालाई रोजगारी दिलाएको छ । खासगरी अफिस, फ्याक्टोरी, तथा स्कूल र कलेजहरुमा सरसफाइको ठेक्का लिई वाईबीसीले आफ्नो सेवा दिइरहेको छ । केन्टको मैडस्टोनमा सोही कम्पनीले आफ्नो नयाँ शाखा खोलेको छ ।
फोक्स्टोनमा आफ्नो आर्मी लाइफको सन्दर्भमा बसोबास गर्ने क्षेत्रीले गुर्खाहरुको एक घनत्वपूर्ण बसोबास भएको ठाउँ मैडस्टोनमा एक सेन्टरको रुपमा वाईबीसीलाई स्थापित गर्न सकिने आफ्नो विश्वास बताउने क्षेत्रीले बिजनेसमा गरिने शैलीमा परिवर्तन ल्याउन चाहान्छन् । मैडस्टोनका मैयर ब्रायन मोर्टिमेरले वाईबीसीको नयाँ अफिसको उद्घाटन गरेका थिए । हाम्रो देशलाई सुरक्षित बनाएको जस्तै गरी यदि तपाईँले सफासुग्घर पार्नुभयो भने तपाईँलाई धेरै राम्रो व्यवसाय प्राप्त हुनेछ भनेर मेयरले क्षेत्रीलाई सार्वजनिक रुपमा बताएका कुरा सोही अनलाइनमा खुलाइएको छ ।
-नीर, मेस,
प्रतिक्रिया