खडेरीको चरम संघारमा चिनियाँ बच्चाहरु

खडेरीको चरम संघारमा चिनियाँ बच्चाहरु


लण्डन । यतिबेला उनीहरुका गाउँमा खडेरीको कारणले गर्दा हाहाकार मच्चिएको छ । पानीको खोजीमा बच्चाहरु चट्टानको अप्ठेरो खोंचको बाटो हुँदै चट्टानभित्रका गुफाहरुमा पानीको कुवाहरु खोज्दै पानी भर्न जाने गर्छन् । उनीहरु चीनको खडेरीको चपेटमा परेका क्षेत्रमा बसोबास गर्दछन् । खडेरीको कारणले गर्दा पानीको स्रोत खोला नालाहरु सुकेका छन् । खेतीबालीहरु जम्मै नष्ट भएका छन् । गाउँलेहरु अप्ठेरो बाटोहरु हुँदै गुफाहरुमा पिउने पानीको खोजीमा भौतारिन बाध्य भएका छन् ।
आठ वर्षीय, याङ बेई र तिनकी साथीहरु एकघण्टाको लामो बाटो खुट्टाले हिँडेर पानी पाउने स्रोतहरुमा जाने गर्दछन् । उनीहरु पानी भर्नाजाने बाटो केवल तीनफुटको चौडाइ भएको छ र पहाडको कोप्चेरो भएर गुफाभित्र पानी लिन जाने गर्छन् । सिचुवान प्रान्तको झ्योङ काउन्टीस्थित चाँहि गाउँका बासिन्दाहरुले गाउँका स्कुलमा पढने विद्यार्थीहरुका वर्षे विदा पानीको खाँचोलाई आपूर्ति गर्नलाई लम्ब्याएका छन् । किनभने बच्चाहरु स्कुल जान थाले घरमा पानीको जोहो गर्ने मानिसहरु हुँदैनन् । चीनको दक्षिणी भागका केही क्षेत्रहरु अहिले पचास वर्षभित्रको सबैभन्दा ठूलो खडेरीको चपेटमा परेको छ । चीन सरकारलाई खडेरीको समस्या समाधान गर्नका लागि विवादित संसारका सबैभन्दा ठूलो थ्री गोर्जेज ड्यामबाट याङ्जे नदीको शाखाहरुमा पानी निकास गर्न बाध्य हुनुपरेको छ । अर्को विकल्प पानीको लागि अकाशबाट पानी वर्षाउनका लागि सिल्भर आयोडाइड राकेटहरु प्रक्षेपण गरेर बादलको लागि बीजारोपन गरिएको समाचारहरु प्रकाशमा आएको छ । श्रोत – नेट, सुमल, मेस ।