लण्डन । डाक्टरहरुले रोग उपचार गर्नको लागि मध्यकालीन इस्लामिक संगीतको धुनको माध्यमबाट रोग निदान गरिरहेका समाचारहरु प्रकाशमा आएका छन् । संगीतको माध्यमबाट रोग उपचार गर्दा चिकित्सकहरुका अनुसार मुटुको गति न्यून र रगतको बढ्दै गरेको चापलाई घटाउने कुरा पुष्टि गरेका छन् । यस पद्धतिमा बिमारीले कम र धेरै खाने विषयमा मद्दत हुने विश्वास पनि गरेका छन् । यस उपचार पद्धतिमा संलग्न चिकित्सकहरुले पूरा माकाम (वाद्यवादनको सुर-ताल) मिलाएर रोगीको अघि बजाउँदा (यी वाद्यवादनहरु अरबिक र टर्कीका हुन्) यसले पारम्परिक शास्त्रीय संगीतको नौलो सुमधुर धुन निर्माण गर्दछ ।
मेमोरियल अस्पताल, इस्तम्बुलका डाक्टर बिङगर सनमेज, योजना प्रमुखले भनेअनुसार विभिन्न बिमारीका लागि फरक-फरकखाले माकामको प्रयोग गरिन्छ र कतिपय माकामलारले बिमारीलाई बढाउँछन् भने कतिले शिथिल तुल्याउँदै आराम दिन्छन् भनेर उद्धृत गरेका छन् । उनले … हामीले केही नयाँ ल्याइरहेका छैनौं, सांगीतिक चिकित्सा पद्धतिको सकारात्मक प्रभाव विगत नौ सय वर्षअघि नै थाहा भएको कुरा हो…. भनेका छन् । डाक्टर सनमेजले यस उपचार पद्धतिमाथि जोड दिँदै सांगीतिक उपचार पराम्परागत उपचार हो र अतिरिक्त दवाइको प्रयोगबिना गरिने उपचार हो भनेका छन् । कुनै दवाइको प्रयोग नगरी ५ देखि १० मिनटसम्मको संगीतको धुन सुनेपछि मुटुको बढिरहेको गति र रगतको चाप घट्छन् भनेका छन् । डाक्टरहरुले अहिले उपचारका लागि मध्यकालीन समयमा रोगीहरुका लागि निर्माण गरिएका वातावरणको सिर्जना गर्नेखाले अस्पतालहरुमा वातावरण तयार पार्न पानीको बगेको आवाज, झ्यालका सीसाहरुका रंग, प्रकाशको तारतम्य, फुल र बिरुवाहरुका स्थापना गरिंदैछन् । डाक्टर सनमेजका अनुसार इन्सेन्टिभ केयर युनिटमा गुलाबी रंगको बत्ती राख्ने कुराको सोंच बनाएका छन्, कारण गुलाबी रंगले व्यथालाई हल्का गर्ने प्रभाव दिन्छ भनेका छन् । श्रोत – नेट, सुमल, मेस ।
प्रतिक्रिया