लण्डन । एउटा भियतनामी जोडीले आफ्नो वैवाहिक जीवनको ८२ वर्ष पूरा गरेको समाचार प्राप्त भएको छ । यस विषयलाई लिएर भियतनामी अधिकारीहरुले गिनिज बुक अफ वर्ल्ड रेकर्डका लागि नाम दर्ता गर्ने प्रक्रिया अघि बढाउन थालेको समाचार प्रकाशमा आएको छ । ११० वर्षीय हृयून भान लाक र १०६ वर्षीया ङ्यून थी लान्ह सन् १९३३ सालदेखि अहिलेसम्म वैवाहिक सूत्रमा बाँधिएका छन् । भियतनामी रेकर्ड बुक सेन्टरका निर्देशकका अनुसार गत हप्ता यस जोडीले ८२ वर्ष लामो वैवाहिक जीवन बिताएको रेकर्ड कायम गरेका कुरा बताएका थिए । जोडीले लामो वैवाहिक जीवन जिउन सफलता भएको बारेमा सँधै स्वस्थ जीवन शैली अपनाउने, सकारात्मक विचार राख्ने र कहिल्यै झगडा नगर्ने बताउँछन् ।
जोडीकी ७१ वर्षीया छोरी, हृयून थी होअले बुवाआमा एक आपसमा एकदमै माया गर्छन् र अहिलेसम्म बुवाको सेवासुसार आमाले नै गर्दै आएकी छिन् भन्छिन् । भियतनामी अभिलेख कार्यलायका निर्देशक ल ट्र्आङ अनले गिनिज स्ंास्थालाई रेकर्डका लागि कागजपत्र बुझाउने तैयारी भइरहेको कुरा बताएका छन् । गिनिजको सूचीमा हाल सबैभन्दा लामो ८६ वर्षसम्म वैवाहिक जीवन गुजारेका अमेरिकी जोडी हर्बर्ट र जलमायरा फिशरले कायम गरेका छन्, तर, हरबर्ट यस वर्षको प्रारम्भमा दिवंगत भएका छन् । श्रोत – नेट, सुमल, मेस ।
प्रतिक्रिया